• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

मेचीको बित्तीय साक्षरता कार्यक्रम सदस्यहरुको उत्साहजनक उपस्थिति

Image is of मेचीको बित्तीय साक्षरता कार्यक्रम सदस्यहरुको उत्साहजनक उपस्थिति
Mar 28, 2024

दमक/ दमकमा प्रधान कार्यालय रही सेवा दिँदै आएको मेची सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम साेमबारदेखि शुरु भएको छ ।

यसअघि प्रत्येक वर्षको माघ १० गतेदेखि सञ्चालन हुँदै आएको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण फागुन १० गतेदेखि २५ गतेसम्म दैनिक बिहान १०ः३० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

शिक्षा तथा सदस्य छनौट उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालको सभापतित्वमा सोमबार,मंगलबार, बुधबार र बिहीबार सञ्चालित कार्यक्रममा पारिवारिक बजेट, बित्तीय साक्षरता र उद्यमशीलता बिषयमा सोही उपसमिति सदस्य रुद्रबहादुर तामाड्ड र संस्थाको अर्धवार्षिक समीक्षा तथा सेवासुविधाको बिषयमा संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सदस्यको जीवनस्तर परिवर्तन र उद्यमशीलता विकासका लागि संस्थाले यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएका छन् ।
चार दिनअघिदेखि सञ्चालित कार्यक्रममा १२५० भन्दा बढी सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

फागुन १० देखि १९ गतेसम्म प्रधान कार्यालय दमकको सभा हलमा भइरहेको छ भने २२ गते उर्लाबारी पार्टी प्यालेस, २४ गते पथरीको गोरखा डिपार्टमेन्टको सभाहलमा र २५ गते मधुमल्ला पार्टी प्यालेसमा कार्यक्रम हुने संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।

संस्थाको शेयर पूँजी २७ करोड ६३ लाख, निक्षेप १ अर्ब ७६ करोड, कर्जा लगानी १ अर्ब ९७ करोड र वासलात २ अबं ५४ करोड रहेको छ भने संस्थामा ७ हजार ५ सय ८७ जना शेयर सदस्य रहेको पनि थापाले जनाएका छन् ।