• Location
    दमक नगरपालीका वार्ड नं.६, झापा
  • Phone
    ०२३-५७०७३३
  • Opening Hours
    Sat-Thu: 9:30am - 7pm
सूचना
अधिकारी

मेची सहकारीद्वारा १० हजार बढी सदस्यहरु माझ वित्तीय साक्षरता कार्यक्रम समापन

Image is of मेची सहकारीद्वारा १० हजार बढी सदस्यहरु माझ वित्तीय साक्षरता कार्यक्रम समापन
Feb 08, 2025

दमक/ दमक–६ स्थित मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्ना १२ वटै सेवा कार्यालयमा वित्तीय साक्षरता तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न गरेको छ । 


गत माघ ४ गते दमक सेवा कार्यालयबाट सुरु भएको वित्तीय साक्षरता तथा उत्प्रेरणामूलक कार्यक्रम आज माघ २६ गते शिवसताक्षी सेवा कार्यालय र चुलाचुली सेवा कार्यालयका सदस्यहरु माझ कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो । 


संस्थाको १२ वटै सेवा कार्यालयका १६९८८ सदस्यहरु मध्ये उक्त कार्यक्रममा १०१९३ जना सदस्य (६० प्रतिशत) को सक्रिय सहभागिता रहेको थियो । संस्थाको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिको आयोजनामा १८ वटा कार्यक्रम गरिएको उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालले जानकारी दिनुभयो ।


कार्यक्रमहरुमा सम्बन्धित सेवा कार्यालयका संयोजकहरुको अध्यक्षता तथा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, वरिष्ठ उपाध्यक्ष पदम थापालगायतले स्वागत तथा कार्यक्रम र वर्तमान वित्तीय अवस्थाबारे मन्तव्य राख्नुभएको थियो ।

सहकारीको वर्तमान अवस्थाबारे संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गर्नुभएको थियो भने संस्थाले प्रदान गर्ने ३२ वटा सेवा सुविधाबारेको जानकारी शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका सदस्य रुद्रप्रसाद तामाङले गर्नुभएको थियो 


सेवा कार्यालयहरुमा आयोजित कार्यक्रमहरु संस्थाका सचिव राजेन्द्रप्रसाद दाहाल, शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहाल, सदस्य गायत्रा रेग्मी, सहव्यवस्थापक चन्द्रप्रसाद थापालगायतले सञ्चालन गर्नुभएको थियो । 

कार्यक्रममा सेवा कार्यालय व्यवस्थापन उपसमितिका सदस्यहरुको समेत सक्रिय सहभागिता रहेको थियो ।