मिति २०७८ माघ ७ गते झापाकाे गाैरादहस्थित नमुना पाहुना घरमा दाेस्राे त्रैमासिक समीक्षा तथा सेवा कार्यालय प्रमुखहरूसँगकाे अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरिनेछ ।
कार्यक्रममा संस्थाकाे प्रधान कार्यालयमा कार्यरत तथा सेवा कार्यालय प्रमुखहरू सबै अनिवार्य उपस्थिति हुनुपर्ने संस्थाका सहव्यवस्थापक चन्द्रप्रसाद थापाले जानकारी दिनुभयाे ।
संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत हरेक तीन/तीन महिनामा यस्ताे अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गर्ने गरिएकाे छ ।
यसअघिका समीक्षात्मक कार्यक्रम प्रधान कार्यालय दमकमै हुने गरेकाे भए पनि यस पटककाे अन्तरकृयात्मक कार्यक्रम भने गाैरादह ५ काे नमुना पाहुना घरमा हुन लागेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले जानकारी दिनुभयाे ।
सहकारिताकाे मर्म अनुरूप सहकारी व्यवसायलाइ प्रवर्धन गर्ने उद्देश्यले समेत संस्थाकाे कार्यक्रम आयाेजनाका लागि गाैरादहकाे नमुना पाहुना घर राेजाइमा परेकाे संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले जानकारी दिनुभयाे ।
कार्यक्रममा चालु आ.व.को ६ महिनामा भए गरेका प्रगति तथा निर्धारित लक्ष्यमा पुग्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिनेछ ।