दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३ दिवसीय कर्मचारी तालिम सोमबार सम्पन्न गरेको छ ।
कर्मचारीहरुलाई बिषयगत रुपमा छुट्टाछुट्टै तालिम प्रदान गर्न गत मंसिर २४ गतेबाट सुरु भएको कार्यक्रममा संस्थामा कार्यरत बजारप्रतिनिधि, बजार प्रवन्धक तथा सेवा कार्यालय प्रमुखहरुलाई छुट्टाछुट्टै बिषयको तालिम सञ्चालन गरिएको हो ।
तालिममा संस्थाबाट सञ्चालित विविध सेवा तथा कारोबारहरुलाई चुस्त, दुरुस्त राख्न कर्मचारीहरुले नीति, विधि र प्रविधिको प्रयोगबाट कसरी कार्य सम्पादन गर्ने र आगामी दिनको कार्ययोजनाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गर्नुभएको थियो ।