संस्थामा नयाँ तथा पुराना शेयर सदस्यहरुलाई बित्तीय साक्षर बनाउने उद्देश्यले प्रत्येक वर्षको माघ महिनामा यो कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।
संस्थाद्वारा सञ्चालित प्रत्येक सेवा कार्यालयहरुमा छुट्टाछुट्टै मितिमा वित्तीय सक्षरता कार्यक्रम आयोजना गरिनेछ ।
सदस्य परिवारका +२ उत्तीर्ण छात्रछात्रालाई छात्रवृत्ति तथा सदस्यका छोराछोरीले सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याएमा उनीहरुलाई यसै कार्यक्रमबाट पुरस्कार पनि वितरण गरिन्छ ।
संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, सबै प्रकारका उत्कृष्ट बचतकर्ताहरु, उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरुलगायतलाई पनि यसै कार्यक्रममा सम्मान गरिनेछ ।
त्यस्तै संस्थामा सुझाव लेखेर बुझाउनुहुने सदस्यहरुलाई रु १०० पुरस्कार तथा उत्कृष्ट सुझावकर्तालाई नगद रु १००० पुरस्कार समेत यसै कार्यक्रममार्फत् प्रदान गरिनेछ ।
यस कार्यक्रमको आयोजना शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिले गर्नेछ ।