दमक/ झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कनकाई माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत साक्षी विश्वकर्माको अभिभावकत्व ग्रहण गरेको छ ।
संस्थाले विश्वकर्मालाई कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेको हो । सहकारीकाे कनकाई सेवा कार्यालयले विश्वकर्मालाई पाठ्य पुस्तकलगायत शैक्षिक सामाग्रीको ब्याग हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेको छ ।
संस्थाले हालसम्म सहकारी सदस्यका छोराछोरीहरुमध्येबाट आर्थिक अवस्था कमजोर भएका विपन्न परीवारका झापा र मोरङ्ग गरी २४ जना छात्र छात्राहरुलाई अभिभावकत्व ग्रहण गरी पढाईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले जानकारी दिनुभयाे ।
यसका साथै बालबचत कर्ता वालवालिकाहरुको चौतर्फी विकासकालागि हरेक वर्ष वादविवाद, चित्रकला, कविता, निबन्ध लेखन, हाजिरी जवाफ जस्ता कार्यक्रमहरु प्रतियोगितात्मक रुपमा आयोजना गर्ने, बाल शैक्षिक भ्रमणहरु आयोजना गर्ने जस्ता गतिविधी गर्ने गरेको कनकाई सेवा कार्यालयका प्रमुख राेमणि लामिछानेले जानकारी दिए ।