
१) यो कर्जा संस्थामा कार्यरत कर्मचारीहरुले प्राप्त गर्ने तलबका आधारमा बचतको औषत ब्याजदरभन्दा २ प्रतिशत ब्याज थप गरी कर्जा लगानी गरिनेछ ।
२) यो कर्जा संस्थामा कार्यरत कर्मचारीहरुमा लगानी गरिने छ ।
३) यो कर्जा कर्मचारीहरुलाई परिवारका सदस्यले व्यवसाय सञ्चालन गर्न, छोराछोरी पढाउन, घर बनाउन र घडेरी खरिद गर्नका लागि मात्र दिइनेछ ।
४) यो सुविधा उपभोग गर्न कर्मचारीहरुले अन्य कुनै पनि बैंक तथा बित्तीय संस्थाबाट आफू वा आफ्ना परिवारको नाममा कर्जा कारोबार नगरेको हुनुपर्नेछ ।
५) कर्मचारी सहुलियत कर्जा कर्मचारीहरुले मासिक रुपमा प्राप्त गर्ने (तलव स्केल+ग्रेड) रकमलाई १५ गुणाले हुन आउने रकमको बढीमा ६० प्रतिशतसम्म हुन आउने रकमलाई १२ ले भाग गर्दा आउने रकमलाई मासिक किस्ता कायम हुनेगरी लगानी गर्न सकिनेछ ।