साना घरेलु तथा कुटिर उद्योगदेखि ठूला उद्योगहरुलाई चालुपूँजी वा स्थिर सम्पत्ति सामान खरिद गर्न र उद्योग स्थापनाको लागि यो कर्जा प्रवाह गरिने छ ।
कर्जा माग गर्दा आवश्यकपर्ने कागजातहरु
- जग्गा धनी दर्ता प्रमाणपूर्जाको सक्कल र फोटोकपी ।
- जग्गाको सक्कल प्रमाणित नक्सा ठूला र सानो दुवै (संस्थाबाट नक्सा मागको चिठ्ठी लिएर जानुपर्ने)
- सम्पत्ति वा मालपोत तिरेको रसिद सक्कल
- जग्गाको चौहदी (सधियारको नाम र कित्ता नं. खुल्नुपर्ने) सक्कल
- नागरिकताको फोटोकपी जग्गाधनी र हकवालाको
- सदस्य र हकवालाको २/२ प्रति रंगिन फोटो
- रजिष्ट्रेशनको फोटोकपी
- आम्दानी खुल्ने प्रमाण
- आयआर्जन गर्ने परिवार सदस्यको मञ्जुरीपत्र
- सदस्य र हकवाला बीच नाता खुल्ने कागजातको फोटोकपी
- जग्गा वर्गीकरणको प्रमाण (वार्ड कार्यालयबाट)
औद्योगिक कर्जामा
- उद्योग दर्ता प्रमाण पत्र
- उद्योग सञ्चालन भएको घर गोदाम आफ्नो नभए घरवालासँग गरेको भाडाको सम्झौता पत्र
- स्थायी लेखा नम्बर ।
- यो कर्जा लिन सदस्य स्वयम्को समेत लगानी अनिवार्य हुनुपर्ने छ ।
- औद्योगिक कर्जामा सदस्यले कूल लगानीको २० प्रतिशत लगानी गर्नुपर्ने र संस्थाले ८० प्रतिशत लगानी गर्नेछ ।
घर धितो राख्नुपर्ने भएमा
- घर निर्माण इजाजत पत्र
- घरको नक्सा
- घर निर्माण सम्पन्नताको प्रमाणपत्र