सदस्यहरुको आवश्यकता अनुसार सदस्यहरुलाई घडेरी खरिद तथा घर निर्माणका लागि यो कर्जा प्रवाह गरिने छ । यो कर्जा लिन आयस्रोतलाई आधार मानी लगानी गरिने छ ।
कर्जा माग गर्दा आवश्यकपर्ने कागजातहरु
- जग्गा धनी दर्ता प्रमाणपूर्जाको सक्कल र फोटोकपी ।
- जग्गाको सक्कल प्रमाणित नक्सा ठूला र सानो दुवै (संस्थाबाट नक्सा मागको चिठ्ठी लिएर जानुपर्ने)
- सम्पत्ति वा मालपोत तिरेको रसिद सक्कल
- जग्गाको चौहदी (सधियारको नाम र कित्ता नं. खुल्नुपर्ने) सक्कल
- नागरिकताको फोटोकपी जग्गाधनी र हकवालाको
- सदस्य र हकवालाको २/२ प्रति रंगिन फोटो
- रजिष्ट्रेशनको फोटोकपी
- आम्दानी खुल्ने प्रमाण
- आयआर्जन गर्ने परिवार सदस्यको मञ्जुरीपत्र
- सदस्य र हकवाला बीच नाता खुल्ने कागजातको फोटोकपी
- जग्गा वर्गीकरणको प्रमाण (वार्ड कार्यालयबाट)
व्यवसाय भएमा
- व्यवसाय दर्ता प्रमाणपूर्जा र पान नम्बर
- व्यवसायको कर चुक्ता प्रमाण पत्र
- शेयर प्रमाणपत्रको फोटोकपी
घर धितो राख्नुपर्ने भएमा
- घर निर्माण इजाजत पत्र
- घरको नक्सा
- घर निर्माण सम्पन्नताको प्रमाणपत्र