– १ बर्षे, २ बर्षे, ३ बर्षे, ४ बर्षे र ५ बर्षे
योजना बचत सबै सदस्यहरूका लागि निश्चित योजना बनाई दैनिक रूपमा क्रमशः बचत गराउँदै जाने र एकमुष्ठ बचतलाई पारिवारिक योजना आवास निर्माण छोराछोरीको शैक्षिक खर्च व्यवसाय वृद्धि लगायका कामहरूमा लगाउनका लागि सहज होस् भन्ने अभिप्रायले यो योजना यस आ.व. बाट सुरू गरिएको छ ।
- यो खाता जतिसुकै रकमबाट संचालन गर्न सकिने छ ।
- कार्यालय बन्द तथा दैनिक आउने कर्मचारीको बिदा भएको दिनको बचत कार्यालय खुलेका दिन अनिवार्य जम्मा गर्नुपर्ने छ ।
- ५ दिन भन्दा बढी निरन्तर बचत जम्मा नभए प्राप्त गर्ने मुनाफाबाट हिसाव कट्टा गरिनेछ ।
- तोकिएको अवधि भन्दा अगाडिनै खाता बन्द गर्नुपर्ने अवस्था आए अतिरिक्त बोनसको सुविधा दिइने छैन ।
- यस खातामा जम्मा भएको रकमलाई अवधि पूरा भएपछि सदस्यलाई भुक्तानी दिँदा रू १००० का आधारमा तपसील अनुसार हुने छ । रू १,००० भन्दा घटी वा बढी भएमा सोही अनुपातमा प्राप्त गर्न सकिने छ ।