• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेचीकाे दाेस्राे त्रैमासिक समीक्षा तथा सेवा कार्यालय प्रमुखहरूसँगकाे अन्तर्क्रिया कार्यक्रम

21 june

 

मिति २०७८ माघ ७ गते झापाकाे गाैरादहस्थित नमुना पाहुना घरमा दाेस्राे त्रैमासिक समीक्षा तथा सेवा कार्यालय

प्रमुखहरूसँगकाे अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गरिनेछ । 

कार्यक्रममा संस्थाकाे प्रधान कार्यालयमा कार्यरत तथा सेवा कार्यालय प्रमुखहरू सबै अनिवार्य उपस्थिति हुनुपर्ने संस्थाका सहव्यवस्थापक चन्द्रप्रसाद थापाले जानकारी दिनुभयाे ।

संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत हरेक तीन/तीन महिनामा यस्ताे अन्तर्क्रिया कार्यक्रमकाे आयाेजना गर्ने गरिएकाे छ । 

यसअघिका समीक्षात्मक कार्यक्रम प्रधान कार्यालय दमकमै हुने गरेकाे भए पनि यस पटककाे अन्तरकृयात्मक कार्यक्रम भने गाैरादह ५ काे नमुना पाहुना घरमा हुन लागेकाे संस्थाका प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले जानकारी दिनुभयाे । 

सहकारिताकाे मर्म अनुरूप सहकारी व्यवसायलाइ प्रवर्धन गर्ने उद्देश्यले समेत  संस्थाकाे कार्यक्रम आयाेजनाका लागि गाैरादहकाे नमुना पाहुना घर राेजाइमा परेकाे संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले जानकारी दिनुभयाे । 

कार्यक्रममा चालु आ.व.को ६ महिनामा भए गरेका प्रगति तथा निर्धारित लक्ष्यमा पुग्न अपनाउनुपर्ने रणनीतिका बारेमा छलफल गरिनेछ । 

अनिवार्य उपस्थिति हुनुपर्ने मिति, समय र स्थान
मिति:  २०७८ माघ ७ गते 
समयः बिहान ७ बजेदेखि
स्थानः गाैरादह–५, नमुना पाहुना घर


वित्तीय साक्षरता कार्यक्रम

21 june

 

संस्थामा नयाँ तथा पुराना शेयर सदस्यहरुलाई बित्तीय साक्षर बनाउने उद्देश्यले प्रत्येक वर्षको माघ महिनामा यो कार्यक्रमको आयोजना गर्ने गरिएको छ ।

संस्थाद्वारा सञ्चालित प्रत्येक सेवा कार्यालयहरुमा छुट्टाछुट्टै मितिमा वित्तीय सक्षरता कार्यक्रम आयोजना गरिनेछ ।

सदस्य परिवारका +२ उत्तीर्ण छात्रछात्रालाई छात्रवृत्ति तथा सदस्यका छोराछोरीले सामुदायिक विद्यालयमा उत्कृष्ट अंक ल्याएमा उनीहरुलाई यसै कार्यक्रमबाट पुरस्कार पनि वितरण गरिन्छ ।

संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यहरु, सबै प्रकारका उत्कृष्ट बचतकर्ताहरु, उत्कृष्ट कर्जा कारोबार गर्ने सदस्यहरुलगायतलाई पनि यसै कार्यक्रममा सम्मान गरिनेछ ।

त्यस्तै संस्थामा सुझाव लेखेर बुझाउनुहुने सदस्यहरुलाई रु १०० पुरस्कार तथा उत्कृष्ट सुझावकर्तालाई नगद रु १००० पुरस्कार समेत यसै कार्यक्रममार्फत् प्रदान गरिनेछ ।

यस कार्यक्रमको आयोजना शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिले गर्नेछ ।


नयाँ आवेदक शिक्षा कार्यक्रम

21 june

यस कार्यक्रम अन्तर्गत संस्थामा नयाँ शेयर सदस्य बन्न आउनुहुने सम्भावित सदस्यहरुलाई संस्थाको वित्तीय अवस्थाबारे जानकारी गराइन्छ ।
कार्यक्रममा इच्छुक आवेदक सदस्यहरुको सहभागिता रहनेछ ।

यस कार्यक्रमको आयोजना संस्थाको शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिले गर्नेछ ।