• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

आवधिक बचत

आवधिक बचत

याे खाता निश्चित अवधि ताेकी एकमुष्ट रकम एकै पटकमा जम्मा गरी खाेल्न सकिने छ । 

 

यस खातामा न्यूनतम रू ५०००।– र साे भन्दा माथि जतिसुकै रकम राख्न सकिनेछ ।

 

यस खातामा छाेटाे अवधि ३ महिना र लामाे अवधि ३ वर्षसम्म रकम राख्न सकिनेछ ।

 

यस खातामा राखिएकाे रकम बीचमा थप घट गर्न पाइने छैन । 

 

यस खातामा रहेकाे रकमकाे ब्याज ३/३ महिनामा साेही व्यक्तिकाे बचत खाता मार्फत दिइनेछ। 

 

यस खातामा जम्मा गरेकाे रकम ताेकिएकाे समयावधि भन्दा अगाडि भुक्तानी लिन पाइने छैन । काबु बाहिरकाे परिस्थितिमा फिर्ता लिनुपर्ने भएमा न्यूनतम ब्याज पाक्ने बचत खाताकाे ब्याजदरमा गणना गरी भुक्तानी दिइनेछ । 

 

ताेकिएकाे अवधि पूरा भएपछि रकम लैजाने वा पुनः राख्ने वा अर्काे प्रकृितकाे खातामा जम्मा गर्ने भन्ने कुरा सदस्य स्वयमंले दिएकाे लिखित जानकारी मुताविक गरिनेछ । अन्यथा न्यूनतम ब्याजदर निर्धारण गरिएकाे खाताकाे हिसाबले ब्याज दिइनेछ । 

 

यस खाताकाे ब्याज गणना प्रत्येक त्रैमासिकमा हुने भएकाेले संस्थाकाे त्रैमासिक खाताबन्दीकाे समयमा ब्याज प्रविष्टी भए पश्चात् समय सीमा सकिनु अगावै सदस्यले उक्त खाताकाे रकम फिर्ता लिन चाहेमा बचतकाे न्यूनतम ब्याजदर भन्दा बढी ब्याज प्रविष्ट गरिएकाे भए उक्त रकम फिर्ता गर्नुपर्नेछ ।