• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा कार्यक्रम सम्पन्न

21 june

दमक/ झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाले विगतको वर्ष झै यस वर्ष पनि सदस्यहरुलाई संस्थाको विविध कारोबारका बारेमा तथा वित्तीय जानकारी दिने उद्देश्यले सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको हो ।

पुस १ गतेदेखि ६ गतेसम्म यस वर्ष मात्र सदस्य बन्नुभएका सदस्यहरुका लागि र फागुन ९ गतेदेखि १४ गतेसम्म यस आ.व. भन्दा अगाडि बन्नुहुने सदस्यहरुलाई सदस्य शिक्षा कार्यक्रमको आयोजना गरिएको थियो । सदस्यहरुलाई प्रत्येक दिन दुई समूहमा विभाजन गरी उक्त कार्यक्रम सञ्चालन गरिएको थियो ।
सबै दिन सञ्चालित कार्यक्रमको अध्यक्षता शिक्षा तथा तालिम व्यवस्थापन उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालले गर्नुभएको थियो । कार्यक्रमको सञ्चालन सोही उपसमितिका सदस्यहरुले आलोपालो गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले हाल विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दीको बिषयमा चर्चा गर्दै सहकारी संस्थाहरुमा समेत त्यसको प्रभाव परेको र सहकारीलाई संस्थागत ढंगबाट सञ्चालन नगरी व्यक्तिगत तवरले चलाउने सहकारी संस्थाहरुमा त्यसको प्रभाव अत्याधिक परेको र त्यसैको परिणाम स्वरुप केही सहकारीमा समस्या उत्पन्न भएको बताउनुभएको थियो । तथापी बैंक तथा अन्य वित्तीय संस्थाहरुको तुलनामा उक्त समस्या न्यून रहेको समेत बताउनुभएको थियो । उहाँले भन्नुभयो– “ऐनको मर्म बिपरीत रु १ लाख भन्दा माथि बिना धितो कर्जा लगानी गरेका र कर्जाको सन्दर्भ ब्याजदर भन्दा उच्च ब्याजदरमा निक्षेप संकलन गर्ने सहकारीलाई थप समस्या आउन सक्ने देखिन्छ ।”

६ दिन सञ्चालित कार्यक्रममा दमक र कमल सेवा कार्यालय अन्तर्गतका ७२३२ सदस्य मध्ये ५५८२ जना सदस्यहरुको सहभागिता रहेको उक्त कार्यक्रममा अर्धवार्षिकपछि संस्थाको वित्तीय कारोबारको अवस्थाका बारेमा चर्चा गर्दै संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बचत, कर्जा, शेयर पूँजी, बाह्य कर्जा तथा समग्र वासलातको अवस्थाबारे सदस्यहरुलाई जानकारी गराउनुभएको थियो । संस्थाको यस आ.व. को माघ मसान्तसम्ममा बचत १०.१४ प्रतिशत, कर्जा लगानी १.०३ प्रतिशत, शेयर पूँजी ३.३४ प्रतिशत, सदस्य संख्याः ८.८६ प्रतिशत र वासलात १.४७ प्रतिशतले बृद्धि भएको छ ।

कूल बचत निक्षेप २ अर्ब ३९ करोडमध्ये दीर्घकालीन प्रकृतिको बचतमा १ अर्ब ४१ करोड भन्दा माथि (५८.७३ प्रतिशत) रकम रहेकाले संस्थालाई सहज रुपमा सञ्चालन गर्न सहयोग पुगेको तथा बिना धितो कर्जा लगानी नरहेको, भाखा नाघेको कर्जा रकम ०.२७ प्रतिशत मात्र रहेको र तरलता रकम पर्याप्त रहेको बगालेले जानकारी दिनुभयो ।

संस्थाको गौरवशाली आयोजनाको रुपमा रहेको “मेची आवास” कार्यक्रम अन्तर्गत ५७ वटा घर निर्माण सम्पन्न भइसकेको र घर बुक गर्नुहुने सदस्यहरुले पनि रकम जम्मा गरिसक्नुभएकोले हाल धमाधम सदस्यहरुले आफ्नो नाममा घर पास गरिरहनुभएको हुँदा चैत्र १५ भित्रमा सबै सदस्यहरुलाई घर पास गरिसकेर सदस्यहरुलाई एक कार्यक्रमका बीच घर हस्तान्तरण गरिने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले बताउनुभयो ।

त्यस्तै संस्थाका शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालले सहकारी क्षेत्रको नाम जोडेर निजी क्षेत्रका बैंकहरुले समग्र सहकारी क्षेत्रकै बद्नाम गर्न खोजेको आरोप लगाउनुभयो । उहाँले भन्नुभयो– “बैंकहरु पनि आर्थिक संकटको चपेटामा छन्, उनीहरु बीचमा देखिएको आर्थिक संकटलाई बाहिर चर्चा नगरी एकअर्कामा गाभिएर (मर्ज गरेर) कारोबारलाई पुनः अर्को नयाँ नामबाट भए पनि बैंकहरु सञ्चालन भइरहेका छन् तर एक दुई सहकारीमा समस्या आउँदा भने समग्र सहकारी क्षेत्रलाई नै बद्नाम गर्न तिनै बैंकहरु लाग्ने गरेका छन् ।”

सोही कार्यक्रमको अवसरमा उत्कृष्ट अंक ल्याई +२ उत्तीर्ण गर्ने सदस्यका छोराछोरीहरु मध्ये रोशन पोख्रेललाई रु १०,०००।– तथा प्रमाण पत्रले पुरस्कृत गरिएको थियो । त्यस्तै मुटुको अपरेशन गरे बापत संस्थाको तर्फबाट दमक–९ निवासी सदस्य यज्ञनिधि चम्लागाईलाई रु ५०,००० र दमक–६ नमुना मार्गका आगलागी पीडित सदस्यहरु संगीता श्रेष्ठ र सविता श्रेष्ठलाई रु ५०,०००/५०,००० सहयोग रकम प्रदान गरिएको संस्थाका सहव्यवस्थापक चन्द्र थापाले जानकारी दिनुभयो ।


मेची सहकारीकाे काेषहरूमा मात्र साढे २६ कराेड रकम, यो वर्ष थप भयाे ३ वटा प्रत्यक्ष सुविधा

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लि. ले सदस्यलाई दिँदै आएको सेवा सुविधामा यो वर्ष पनि प्रत्यक्ष लाभान्वित हुने तीन वटा सुविधा थप गरेको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको ३२ वटा सुविधामा यो वर्ष दुई वटा थप गरी ३४ वटा पु¥याएको हो ।

थप गरिएका सुविधाहरुमा यस अघि सदस्य र सदस्यको श्रीमान् वा श्रीमतीको स्वर्गारोहण हुँदा मात्र दिँदै आएको काजकिरिया खर्च यसपटकबाट सदस्यका जन्म दिने बुवा र आमाको स्वर्गारोहण हुँदा समेत काजकिरिया खर्च रु ५००० प्रदान गर्ने गरी सुविधा थप गरेको छ ।

संस्थाले कर्जा लिएका सदस्यको मृत्यु भएमा रु १ लाख कर्जा छुट दिँदै आएकोमा यस वर्ष रु ५० हजार थप गरी रु १ लाख ५० हजार छुट दिने जनाएको छ । यसअघि सदस्यको छोरी जन्मिदा मात्र रु १००० को शेयर प्रदान गर्दै आएको संस्थाले यस वर्षबाट छोरा वा छोरी जन्मिए रु १००० को शेयर प्रदान गर्ने जनाएको छ ।

यस्तै संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगिको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिनुभयो । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलता अभावका कारण व्यवसायिक कारोबारमा आएको कमीका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको हो ।

संस्थामा गत असार मसान्तसम्ममा सदस्यता लिएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा  १४ करोड ७७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ  गरी जम्मा काेषमा मात्र २६ कराेड ४१ लाख ३३ हजार ३ सय ६९ रूपैयाँ पुगेकाे छ । 

संस्थाको २८ औं बार्षिक साधारण सभाको सम्मुखमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।

संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले अहिले प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत् आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससँगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका थिए ।

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी वार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यान्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।


मेची सहकारीलाई उत्कृष्ट सहकारी व्यवसाय पुरस्कार प्रदान

21 june

दमक/ झापाको दमकस्थित प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि. उत्कृष्ट सहकारी व्यवसाय पुरस्कारद्वारा पुरस्कृत भएको छ ।

१ नं. प्रदेशबाट सहकारी व्यवसायका माध्यमद्वारा वित्तीय पहुँचका साथ विविध सेवाहरु प्रवाह गरी सदस्यहरुको आर्थिक तथा सामाजिक विकासमा उल्लेख्य योगदान पु¥याए बापत १०० औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर राष्ट्रिय सहकारी महासंघद्वारा सो पुरस्कार प्रदान गरेको हो ।

पुरस्कार वितरण कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयकी मन्त्री शशी श्रेष्ठले संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईलाई नगद २५००० र उत्कृष्टताको प्रमाण पत्र प्रदान गरेकी थिइन् ।

राष्ट्रिय सहकारी महासंघले गत ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा देशका सातवटै प्रदेशहरुका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेको थियो ।

महासंघले प्रदेश नं १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक, झापालगायत मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि. ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि।गोदावारी, कैलाली पुरस्कृत भएका हुन् ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिएको छ ।
त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजुलाई, उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत गरिएको छ ।


कन्काइकी बालिकालाई कक्षा १२ सम्म मेची बहुउद्देश्यीय सहकारीले अध्ययन गराउने

21 june

दमक/ झापाको दमकमा प्रधान कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले कनकाई माध्यमिक विद्यालयमा कक्षा ६ मा अध्ययनरत साक्षी विश्वकर्माको अभिभावकत्व ग्रहण गरेको छ ।

संस्थाले विश्वकर्मालाई कक्षा १२ सम्म अध्ययन गराउने जिम्मा लिदै अभिभावकत्व ग्रहण गरेको हो । सहकारीकाे कनकाई सेवा कार्यालयले विश्वकर्मालाई पाठ्य पुस्तकलगायत शैक्षिक सामाग्रीको ब्याग हस्तान्तरण गर्दै अभिभावकत्व ग्रहण गरेको छ ।

संस्थाले हालसम्म सहकारी सदस्यका छोराछोरीहरुमध्येबाट आर्थिक अवस्था कमजोर भएका विपन्न परीवारका झापा र मोरङ्ग गरी २४ जना छात्र छात्राहरुलाई अभिभावकत्व ग्रहण गरी पढाईरहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खाेमप्रसाद बगालेले जानकारी दिनुभयाे । 

यसका साथै बालबचत कर्ता वालवालिकाहरुको चौतर्फी विकासकालागि हरेक वर्ष वादविवाद, चित्रकला, कविता, निबन्ध लेखन, हाजिरी जवाफ जस्ता कार्यक्रमहरु प्रतियोगितात्मक रुपमा आयोजना गर्ने, बाल शैक्षिक भ्रमणहरु आयोजना गर्ने जस्ता गतिविधी गर्ने गरेको कनकाई सेवा कार्यालयका प्रमुख चिरञ्जिवी संग्रौलाले जानकारी दिए ।


मेची बहुउद्देश्यद्वारा वातावरण दिवसमा वृक्षारोपण (फाेटाे फिचरसहित)

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबार ४९ औं वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाअन्तर्गतको स्वास्थ्य तथा वातावरण उपसमितिको आयोजनामा दमक–३ स्थित पाथीभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघको वन क्षेत्रमा १०० वटा बोटविरुवा रोपेर वातावरण दिवस मनाएको हो ।

प्रत्येक वर्ष वातावरण दिवसका दिन बोट विरुवा रोपेर वृक्षारोपण कार्यक्रम मनाउँदै आएकोले यस वर्ष पनि जडिबुटीजन्य बोटविरुवाहरु रोपेर वातावरण दिवस मनाइएकोे संस्थाको स्वास्थ्य तथा वातावरण उपसमितिकी संयोजक मञ्जु फुयाँल अधिकारीले जानकारी दिनुभएको छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, दमक वडा नं. ३ का वडाअध्यक्ष नविन बराल, संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, महिला उपाध्यक्ष शान्ता गौतम, लेखा सुपरिवेक्षण समिति संयोजक हरिप्रसाद चापागाई, सञ्चालक सदस्यहरु गणेशबहादुर तामाङ, नरपति पाण्डे, उर्लाबारी सेवा कार्याल व्यवस्थापन उपसमिति संयोजक शुकदेव लुईटेल, स्वास्थ्य तथा वातावरण उपसमितिका सह–संयोजक लक्ष्मीप्रसाद काफ्ले, सदस्यहरु चुडामणि आचार्य, दुर्गा भण्डारी, लालबहादुर धिमाल, युवा तथा खेलकुद उपसमितिका सहसंयोजक दिपेन्द्र ढुंगेल संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, दमक सेवा कार्यालय प्रमुख टीकाकुमारी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।


१ नं. प्रदेशबाट उत्कृष्ट पुरस्कार मेची बहुउद्देश्यलाई

21 june

दमक/ राष्ट्रिय सहकारी महासंघले उत्कृष्ट सहकारी ब्यवसाय पुरस्कार, २०७८ अन्तर्गत प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडलाई पुरस्कृत गर्ने घोषणा गरेको छ ।

राष्ट्रिय सहकारी महासंघले ६५ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरेको बिशेष समारोहमा आगामी असार १८ गते (जुलाई २ तारिख) अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा देशका सातवटै प्रदेशहरुका उत्कृष्ट सहकारीहरुलाई पुरस्कृत गर्ने घोषणा गरेसँगै प्रदेश नं. १ बाट दमक–६ मा मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि. परेको हो ।

महासंघले प्रदेश नं. १ बाट मेची बहुउद्देश्यीय सहकारी संस्था लि.दमक, झापालगायत मधेश प्रदेशबाट बागदेव दुग्ध उत्पादक सहकारी संस्था लि., निजगढी बारा, बागमती प्रदेशबाट हिलटप जुनार बहुउद्देश्यीय सहकारी संस्था लि.तिनकुने, काठमाडौं, गण्डकी प्रदेशबाट कालिगण्डकी महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.पैंयुपाटा, बागलुङ्ग, लुम्बिनी प्रदेशबाट सिको बचत तथा ऋण सहकारी संस्था लि.ठाकुरबाबा, बर्दीया, कर्णाली प्रदेशबाटबाट जनहितकारी बचत तथा ऋण सहकारी संस्था लि.वीरेन्द्रनगर, सुर्खेत र सुदुरपश्चिम प्रदेशबाट एकता प्रगतिशील बचत तथा ऋण सहकारी संस्था लि.गोदावारी, कैलाली पुरस्कृत हुने भएका हुन् ।

यसैगरी, राष्ट्रिय सहकारी महासंघद्वारा स्थापित राष्ट्रिय सहकारी पुरस्कार २०७८ बाट वरिष्ठ सहकारी अभियन्ता विजयराज घिमिरेलाई सम्मान गरिने भएको छ ।

त्यस्तै उत्कृष्ट सहकारी कर्मचारी पुरस्कार, २०७८ बाट जिल्ला बचत तथा ऋण सहकारी संघ लि.भक्तपुरका ब्यवस्थापक बालकृष्ण ध्वजुलाइ, उत्कृष्ट सहकारी पुरस्कार २०७८ बाट जिल्ला सहकारी संघ लि. दोलखा पुरस्कृत गरिने घोषणा गरिएको छ ।

पुरस्कार छनोट उपसमिति संयोजक तथा महासंघका संचालक टेकप्रसाद चौलागाईले पुरस्कृत हुने व्यक्तित्व तथा संघ संस्थाको नाम घोषणा गर्नुभएको थियो ।


चुलाचुलीमा मेचीको सेवा कार्यालय स्थापनाको १ वर्ष

21 june

दमक/ दमकस्थित मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाँचौ सेवा कार्यालयका रुपमा सञ्चालन गरेको चुलाचुली सेवा कार्यालय, इलामले एक वर्ष पूरा गरेको छ ।
चुलाचुली गाऊपालिकाको वडा नम्बर ४ स्थित आईतबारे चोकमा गएको २०७७ चैतको १० गतेबाट एउटा सटर भाडामा लिएर कारोबार सुरु गरेको सेवा कार्यालयले हाल चुलाचुली प्रवेश गरेको १ वर्ष पुग्दा नपुग्दै सोही भवनको पहिलो तलामा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरिरहेको छ भने कार्यालय स्थापनाको छोटो समयमा नै चुलाचुली सेवा कार्यालय चुलाचुलीबासीको भरोसा र स्थायी कारोबारको केन्द्र बनेको छ ।

सेवा कार्यालय स्थापनाको ६ महिना नपुग्दै २०७८ भदौ ३ गतेसम्म संस्थामा सदस्यता लिनुहुने सदस्यहरुको उल्लेखनीय उपस्थितिका साथ साधारणसभा सम्पन्न भएको छ भने संस्था स्थापना भइ सञ्चालनमा रहेता पनि कोरोनाका कारण उद्घाटन कार्यक्रम गर्न नसकिएकोले मिति २०७८ पुस ३ गते सेवा कार्यालय उद्घाटन र सदस्य शिक्षा कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न भएको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई ३२ वटा सेवा सुविधाहरुहरु प्रदान गर्दै आएको छ । ती सेवा सुविधा अन्तर्गत चुलाचुली सेवा कार्यालयबाट पनि काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहत, शल्यक्रिया सुविधा, छात्रावृत्ति पुरस्कार, छोरी बचत सुविधालगायत विभिन्न शीर्षक अन्तर्गतका सुविधाहरु चुलाचुलीका सदस्यहरुले पनि प्राप्त गर्नुभएको चुलाचुली सेवा कार्यालय प्रमुख राजकुमार कार्कीले जानकारी दिनुभयाे ।

संस्थाले ल्याएको महत्वपूर्ण योजना दीर्घकालीन बचत योजना चुलाचुलीमा पनि प्रभावकारी बन्दै गएको छ । यो बचत योजना अन्तर्गत सदस्यहरुले गरिखाने उमेरमा बचत गर्ने र जीवनको उत्तराद्र्धमा त्यसको प्रतिफल सदस्यहरुले लिनसक्ने गरी संस्थाले ल्याएको दीर्घप्रकृतिको बचत योजनाले चुलाचुलीबासीहरुलाई थप आकर्षित गरेको छ ।

सेवा कार्यालय चुलाचुलीको २०७८ चैत १० गतेसम्म आइपुग्दा शेयर पूँजी ३३,२१,०००।–, सदस्य संख्या ३१७ जना, निक्षेप ९६,१६,४८१, कर्जा लगानी रु ३,६२,७१,८७१ गरी १ वर्षमा चुलाचुली सेवा कार्यालयले जम्मा रु ४७५८२२१० को वासलात तयार पार्न सफल भएको छ ।


मेची बहुउद्देश्यीय सहकारीको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

21 june

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले वार्षिक कार्यक्रम अन्तर्गतको सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ ।

संस्थाका ५ वटा सेवा कार्यालयमा फागुन १३ गतेबाट शुरु भइ २३ गतेसम्म चलेको कार्यक्रममा सदस्यहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

सदस्यहरुलाई संस्थाको गतिविधि र वित्तीय अनुशासनका बारेमा जानकारी गराउन संस्थाले प्रत्येक वर्ष सदस्य शिक्षा तथा वित्तीय साक्षरता कार्यक्रम गर्दै आएको छ ।

यस वर्षको गत पुसदेखि नै कार्यक्रम सञ्चालन गरेर ५ वटा सेवा कार्यालयहरु (बिर्तामोड, कन्काई, चुलाचुली, मिक्लाजुङ, पथरी) मा कार्यक्रम सम्पन्न गरिसकेको र कोभिडका कारण कार्यक्रम स्थगित भएको थियो ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

संस्थाले फागुन १३ गतेदेखि ४ वटा सेवा कार्यालयहरु दमक, कमल, शिवसताक्षी र उर्लाबारीमा सञ्चालन गरेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कारोबार गर्ने ९८ जना सदस्यहरुलाई सम्मान तथा +२ परीक्षामा शेयर सदस्यका छोराछोरी मध्ये उत्कृष्ट अंक ल्याउने २० जना विद्यार्थीलाई नगद १० हजारका दरले र सरकारी विद्यालयबाट उत्कृष्ट हुने ५ जना सदस्यका छोराछोरीलाई जनही रु ५ हजारका दरले पुरस्कृत गरेको छ ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

त्यस्तै जटिल प्रकृतिका रोग लागी उपचाररत संस्थाका ३१ जना सदस्यहरुलाई जनही रु ५० हजारका दरले सहयोग तथा विविध शल्यक्रिया गर्ने १३१ जना सदस्यहरुलाई जनही ७,५००, दाँत परिवर्तन गर्ने ७ जना सदस्यहरुलाई जनही रु ५ हजारका दरले सदस्यले प्राप्त गर्ने सुविधा वापतको रकम हस्तान्तरण गरेको छ ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

साथै संस्थामा आवद्ध शेयर सदस्यहरुको परिवारमा रहनुभएका अशक्त ६ जना सदस्यहरुलाई समेत जनही रु ५ हजारका दरले सुविधा रकम हस्तान्तरण गरेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

संस्थाले आफ्ना सदस्यहरुलाई ३२ वटा विविध विधामा सहयोग गर्दै आएको छ ।

२२ दिनसम्म चलेको सो कार्यक्रमको सहजीकरण संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्ग तथा सह–व्यवस्थापक चन्द्रप्रसाद थापाले गर्नुभएको थियो भने तालिमको व्यवस्थापन शिक्षा तथा तालिम उपसमिति र सेवा कार्यालय व्यवस्थापन उपसमितिहरुले गरेका थिए ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

१० वटा सेवा कार्यालयबाट कारोबार सञ्चालन गरेको संस्थाले हाल ११,५०० सदस्य, ३४ करोड भन्दा बढी शेयर पूँजी, २ अर्ब १५ करोड निक्षेप संकलन तथा २ अर्ब ७८ करोड कर्जा लगानी गरेको छ भने कूल वासलात ३ अर्ब ४३ करोड रहेको छ ।

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

 

मेची सहकारीकाे सम्मान तथा पुरस्कारमेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार

मेची सहकारीकाे सम्मान तथा पुरस्कार


मेची सहकारीको रजत वर्षको सन्दर्भमा कार्यशाला गोष्ठी सम्पन्न

21 june

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रजत वर्षको सन्दर्भमा १ नं. प्रदेशस्तरीय दुई दिवशीय कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

दमक–६ स्थित संस्थाको भवनबाट प्रभात फेरि कार्यक्रमको आयोजना गरी दमकको नमुना बजार परिक्रमा गर्दै दमकको रोयल पार्टी प्यालेसमा कार्यक्रमका सहभागीहरु पुगेका थिए ।
नेपालका सहकारी अभियानका विशिष्ट नेता तथा अभियन्ताहरुको उल्लेखनीय सहभागिता सहित २५ जना अतिथिहरुबाट २५ वटादीप प्रज्वलन गरी सामूहिक रुपमा कार्यशाला गोष्ठीको उद्घाटन गरिएको थियो ।

गोष्ठिमा नेपालको दिगो विकास र आत्मनिर्भरताका लागि सहकारी क्षेत्र बलियो हुन जरुरी रहेको विज्ञ एवम् सहकारी अगुवाहरुले बताएका छन् । उनीहरुले सरकारको तीन खम्बे आर्थिक नीतिमा सहकारी समेत रहेको स्मरण गर्दै राज्यका तीनै ओटा खम्ब बलियो भए मात्र अर्थतन्त्र पनि बलियो हुन सक्ने धारणा राखे ।

पूर्वी नेपालकै बढि कारोवार गर्ने मध्येको एक मेची सहकारी संस्थाले सहकारी एकीकृत बस्तिको योजना समेत सञ्चालन गरिरहेको संस्थाका सचिव राजेन्द्र दाहालले बताउनु भयो । सदस्यलाई घर उपलब्ध गराउने कार्यक्रम अन्तर्गत संस्थाले नमुना आवास आयोजना संचालन गरेको छ । दमकमै अन्तर संस्था बहुउद्देश्यीय कृषि उद्योग केन्द्र स्थापना गरेको छ । १२ विगाहा जग्गामा संचालन सो उद्योगमा संस्थाको ४० प्रतिशत लगानी छ । संस्थाले सदस्यलाई उपचार खर्च, काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहतलगायतका सेवा सुविधासमेत दिएको छ । हजारौ सहकारीकर्मीले सो सहकारीको अवलोकन भ्रमण समेत गर्दै आएका दाहालले बताउनु भयो ।

प्रदेश १ भरिका सहकारीका व्यवस्थापक, अध्यक्ष तथा जिल्ला संघ, दमक न.पा.का मेयर, उपमेयर, कमल गा.पा.का मेयर, उपमेयर तथा दमकका १० वटै वडाका वडाध्यक्षको सहभागिता रहेको कार्यक्रममा सहकारीका अभियानका विशिष्ट ३ जना, बाग्मती प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव र पूर्व अर्थमन्त्रीले छुट्टा छुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए ।

सहकारी महासंघ नेपालकी वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले शुभकामना मन्तव्य राख्दै सुरु भएको शनिबारको पहिलो चरणको कार्यक्रममा बाग्मती प्रदेशको भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव बलराम निरौलाले “वर्तमान सहकारी ऐन कानुन र कार्यान्वयनका चुनौतीहरु” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्य शिवबहादुर डाँगीले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहकारी महासंघका पूर्व सञ्चालक रामचन्द्र उप्रेतीले टिप्पणी गर्नुभएको थियो ।

यस्तै सोही दिनको दोस्रो सत्रको कार्यक्रममा सहकारी महासंघकी महाप्रवन्धक चित्राकुमारी थाम्सुहाङले “सहकारीको वर्तमान अवस्था, चुनौती र सम्भावना” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता साना किसान केन्द्रीय संघका अध्यक्ष खेम पाठकले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोख्रेलले टिप्पणी गर्नुभएको थियो ।
कार्यक्रमको अन्त्यमा सहकारी अभियन्ता तथा कार्यक्रमका प्रमुख वक्ता दीपकप्रकाश बाँस्कोटाले सहकारी र बैंक बीचको भिन्नता, सहकारी अभियान, सञ्चालकहरुले निभाउनुपर्ने भूमिका, कर्मचारीहरुको इमान्दारितालगायत बिषयमा चर्चा गर्नुभएको थियो ।

आइतबार सम्पन्न दोस्रो चरणको कार्यक्रममा सहकारी अभियन्ता केशवप्रसाद पोख्रेलले “सहकारीमा जोखिम, विश्लेषण र न्यूनिकरण” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेतीले गर्नुभएको थियो । प्रस्तुत कार्यपत्रमाथि नेफ्स्कूनका अध्यक्ष परितोष पौडेलले टिप्पणी गर्नुभएको थियो ।
त्यस्तै दोस्रो सत्रको कार्यक्रममा पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले “सहकारीमा प्रविधिको प्रयोग र नव प्रवद्र्धन” विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने उक्त कार्यपत्र प्रस्तुत कार्यक्रमको अध्यक्षता राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले गर्नुभएको थियो ।

राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष तथा कार्यक्रमका प्रमुख वक्ता केशव बडालले सहकारीहरुको सन्दर्भ व्याज, सहकारीका मूल्य मान्यता, सहकारीको वर्तमान र भविष्यको चुनौती, सहकारीले उत्पादन केन्द्रित कारोबार गर्नुपर्ने र स्वनियममा सहकारी संस्था सञ्चालन गर्नुपर्ने बिषयमा चर्चा गर्नुभएको थियो ।

२०५४ सालमा २९ जनाबाट एक लाख ४५ हजार रुपैयाँबाट शुरु भएको संस्थामा हाल करिब ११ हजार २ सय सदस्य आवद्ध छन् भने  ३३ करोड बढी शेयर पुँजी पुगेको छ । संस्थाका अध्यक्ष नारायण भट्टराईले रजत बर्षको अवसर पारेर आफ्नो उपलब्धीलाई अभियानले स्वामित्व लिनेगरी मनाएको बताए । सहकारी अभियानका महत्वपूर्ण व्यक्तित्वहरुको भेलापछि उत्साहित हुँदै अध्यक्ष भट्टराईले भने, ‘हालसम्मको हाम्रो उपलब्धीलाई साक्षात्कार गराउन हामी सफल भएका छौं ।’

कार्यक्रमका कार्यपत्र प्रस्तोता, कार्यपत्रका अध्यक्ष तथा टिप्पणीकर्ताहरुलाई मायाको चिनो तथा साझेदार संस्थाहरु माइक्रो बैंकर नेपाल प्रा.लि., आरएमडीसी लघु वित्त वित्तीय संस्था, फस्र्ट माइक्रो फाइनान्स लघु वित्त वित्तीय संस्थालाई प्रशंसा पत्र प्रदान गरिएको थियो ।

फाेटाे फिचर…


मेची सहकारीकाे अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको छ ।

गौरादह–५ स्थित नमुना पाहुना घरमा आयोजित २ दिवसीय अन्तक्र्रिया कार्यक्रममा संस्थाका १० वटै सेवा कार्यालय प्रमुखहरुले आफ्नो सेवा कार्यालयको समग्र विश्लेषणसहितको कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवा कार्यालय प्रमुखहरुले कार्ययोजना प्रस्तुत गरेपश्चात सेवा कार्यालयका संयोजकहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

अर्धवार्षिकसम्म आइपुग्दा संस्था निर्धारित लक्ष्य नजिक पुगेकोले अब शतप्रतिशत लक्ष्य हासिल गर्न डटेर लाग्न संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले निर्देशन दिनुभएको छ ।

संस्थाको समग्र कर्जा लगानी तथा विश्लेषणसहितको प्रतिवेदन संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले प्रस्तुत गर्नुभएको थियो भने आम्दानीका शीर्षकहरु र सफ्ट्वेयरमा प्रविष्टि गर्ने तरिकाका बारेमा संस्थाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद अधिकारीले प्रशिक्षण गराउनुभएको थियो ।

संस्थाको समग्र पल्र्स तथा आयव्ययको विश्लेषण सहितको प्रतिवेदन संस्थाका सह–व्यवस्थापक चन्द्र थापाले प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको शेयर पूँजी रु ३३,४७,४६,४०० रहेको छ । यो अंक अघिल्लो असार मसान्तको भन्दा ७.४९ प्रतिशत बृद्धि हो । अघिल्लो असार मसान्तमा संस्थाको शेयर पूँजी रु ३१,१४,०२,६००।– रहेको थियो । त्यस्तै कर्जा लगानी अघिल्लो असार मसान्तमा रु २,५०,२९,६४,३२८।५८ रहेकोमा पुस मसान्तसम्ममा १०.०८ प्रतिशत बृद्धि भइ रु २,७५,५४,९३,६४८।९२ पुगेको छ । बचततर्फ अघिल्लो असार मसान्तमा १९३०४१७७८०।२८ रहेको मा पुस मसान्तसम्ममा ८.८५ प्रतिशत बृद्धि भई २,१०,१४,०४,५८२।४२ पुगेको छ । सदस्य संख्या पनि अघिल्लो असार मसान्तको तुलनामा १६.३२ प्रतिशत बृद्धि भई ११०२८ जना पुगेको संस्थाका सहव्यवस्थापक थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा समग्र कार्यक्रमको टिप्पणीकर्ता राजेन्द्रप्रसाद दाहालले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो भने सञ्चालक सदस्य नरपति पाण्डे, शुकदेव लुईटेल र सीता कार्कीले प्रतिबद्धता पत्र तयारी तथा संस्थाका वरिष्ठ प्रवन्धक प्रेम पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।


मेची सहकारीका सदस्यले १६ प्रकारका अर्ग्यानिक सब्जी फलाएर बिक्री गर्दै

21 june

झापाको दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका १८२ नम्बरका सदस्य भरत निरौलाले १६ प्रकारका सागसब्जीहरु फलाएर ठेलामा बिक्री गर्ने गरेको बताएका छन् ।

करिब १५ कठ्ठा क्षेत्रफलमा बास खरिद गरेर टनेल बनाई मूला, खोर्सानी, काँक्रा, घिरौला, रुख बोर्डि, चाइनिज साग, बन्दा कोबी, फूल कोबी, लौका, रातो–सेतो मूला, सरगम, आलु, तोरी, रायो, टमाटर, क्यारिसकम खोर्सानी, चोकोपनलगायतका सब्जीहरु फलाएर खुद्रा तथा होलसोल बिक्री गर्ने गरेका हुन् ।

वर्षौअघि दमक नगरपालिकाले प्रदान गरेको तालिममा सहभागी भएर आफ्नै पौरखले सब्जी खेती गर्दै आएका निरौला यतिबेला आफैं पनि कृषि तालिम दिने गरेका छन् । उनले लगाएको सब्जी खेती हेर्न टाँढा टाँढाबाट पनि कृषकहरु आउने गरेको उनी बताउँछन् ।

वर्षेनी करिब १ लाखको लागतमा विविध जातका तरकारीको खेती लगाउने गरेका निरौलाले कहिले त सब्जीको बजार पाउन पनि मुस्किल हुने गरेको बताउँछन् ।


सहकारीको ब्याजदर तत्काल नबढाउन रजिस्ट्रारलाई सरकारको दबाब

21 june

काठमाडौं : सहकारीको सन्दर्भ ब्याजदर तत्काल नबढाउन सहकारी विभागका रजिस्ट्रारलाई दबाब बढेको छ ।

नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरी बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदर बढ्न नदिएको भन्दै विभागले पनि सहकारीको ब्याजदर बढाउन नहुने भन्दै रजिस्ट्रारमाथि दबाब बढेको हो ।

सहकारी ऐनको व्यवस्थाअनुसार रजिस्ट्रारको संयोजकत्वमा सन्दर्भ ब्याजदर निर्धारण कमिटी रहने व्यवस्था छ । याे समितिले निर्धारण गरेको ब्याजदर नै सहकारीका लागि ऋणको व्याजमा सीमा हुने प्रावधान छ ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाहरूमा तरलता अभावसँगै ब्याजदर पनि पुनरावलोकन गर्न सहकारीकर्मीहरूले रजिस्ट्राररलाई दबाब दिँदै आएका थिए ।

सन्दर्भ ब्याजदर पुनरावलोकन गर्न बिहीबार बैठक त बस्यो, तर समितिमा सदस्य रहेका नेपाल राष्ट्र बैंक, अर्थ मन्त्रालयलगायतका प्रतिनिधिहरूले ब्याजदर बढाउने आधार नभएको बताएपछि निर्णय भने हुन सकेन । ब्याजदरबारे अध्ययन गर्न भन्दै उपरजिष्ट्रार टोलराज उपाध्यायको संयोजकत्वमा ‘सहकारीको ब्याजदर निर्धारण सुझाव उपसमिति’ गठन गरिएको छ ।

बैठकमा सहकारी अभियानको तर्फबाट राष्ट्रिय सहकारी महासंघले सन्दर्भ ब्याजदर २ प्रतिशत विन्दुले बढाएर १७ प्रतिशतसम्म पुर्‍याउन प्रस्ताव गरेको थियो । तर, अर्थ मन्त्रालयका प्रतिनिधिले ब्याजदर बढाउन कुनै आधार नभएको भन्दै तत्काल ब्याजदर बढाउन नसकिने भन्दै असहमति जनाएका छन् ।

राष्ट्र बैंकले बैंकहरुको ब्याजदर मा हस्तक्षेप गरेजस्तै सहकारीहरूको ब्याजदर मा पनि विभागले हस्तक्षेप गर्नुपर्ने बताउँदै आएका छन् ।

सन्दर्भ ब्याजदर निर्धारण कमिटीमा सरकार र सहकारी अभियानको तर्फबाट बराबर प्रतिनिधित्व रहेको छ । रजिष्ट्रारको संयोजकत्वमा रहने सन्दर्भ ब्याजदर निर्धारण समितिमा सरकारी नियायबाट सहकारी र अर्थ मन्त्रालयका साथै नेपाल राष्ट्र बैंक, सहकारी विकास बोर्डका प्रतिनिधि सदस्य रहने व्यवस्था छ ।

सहकारी अभियानको तर्फबाट भने राष्ट्रिय सहकारी महासंघबाट दुई सदस्यसहित राष्ट्रिय सहकारी बैंक र विषयगत सहकारीहरूबाट दुईजना प्रतिनिधि रहेन व्यवस्था छ । सहकारीको ऋण लगानीको व्याजमा सीमा रहने गरी सन्दर्भ ब्याजदर तोक्ने प्रावधान छ ।

समितिले बचत तथा ऋणको कारोबार गर्ने केन्द्रीय विषयगत संघमा आबद्ध संस्था वा संघहरूको औसत ब्याजदर, सहकारी बैंकहरूको औसत ब्याजदर, ‘क’ वर्गको बैंकहरूको औसत ब्याजदर, ब्याजदरका सम्बन्धमा मन्त्रालय, राष्ट्र बैंकले गरेका अध्ययन प्रतिवेदन, महासंघ र विषयगत केन्द्रीय संघहरूको सुझावलाई आधार मानेर ब्याजदर निर्धारण गर्न सक्ने व्यवस्था छ ।

सहकारी खबर


मेची सहकारीको चुलाचुली सेवा कार्यालय उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न

21 june

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चुलाचुली सेवा कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरिएको छ ।

इलामको चुलाचुली–४ मा संस्थाले केही समयअघि सेवा कार्यालय स्थापना गरिसकेको र कोरोनाका कारण उद्घाटन गर्न नसकेकाले शनिबार उक्त कार्यालयको उद्घाटन तथा सदस्य शिक्षा कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रममा प्रमुख अतिथि चुलाचुली गाउँपालिकाका अध्यक्ष प्रदिपचन्द्र राईले रिबन काटेर कार्यालयको उद्घाटन गर्दै आगामी दिनमा संस्थाको प्रगतिको कामना गर्दै शुभकामना व्यक्त गर्नुभएको थियो भने संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले स्वागत मन्तव्य राख्नुभएको थियो ।

चुलाचुली सेवा कार्यालय सञ्चालन भएदेखि हालसम्म २१ लाख ६३ हजार शेयर पूँजी, ५५ लाख ४४ हजार निक्षेप संकलन, २ करोड ८३ लाख २६ हजार कर्जा लगानीसहित सेवा कार्यालयले ३ करोड १८ लाख ८९ हजारको वासलात तयार पारेको सेवा कार्यालय प्रमुख राजकुमार कार्कीले बताए ।

चुलाचुली गाउँपालिकाकी उपाध्यक्ष निर्मला दाहालको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा संस्थाको पूर्ण वित्तीय अवस्था, नीति र चुलाचुली सेवा कार्यालयको शेयर पूँजी, निक्षेप, कर्जा, वासलातबारे संस्थाका सहव्यवस्थापक चन्द्रप्रसाद थापाले जानकारी गराउनुभएका थियो ।

संस्थाका शिक्षा समिति सदस्य तथा पथरी सेवा कार्यालयका संयोजक रुद्रबहादुर तामाङ्गले पारिवारिक बजेट कसरी तयार गर्ने, बजेटलाई कसरी व्यवस्थापन गर्ने र खर्च कटौती तथा बचतलाई प्रोत्साहनलगायतका बिषयमा चर्चा गर्नुभएको थियो ।

चुलाचुली क्षेत्रका सदस्यहरुको सक्रिय सहभागिता रहेको कार्यक्रममा शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको सञ्चालन तथा चुलाचुली सेवा कार्यालय व्यवस्थापन उपसमिति संयोजक सञ्जयकुमार राईले संस्था स्थापनाको औचित्यमाथि प्रकाश पार्दै कार्यक्रम समापन गर्नुभएको थियो । संस्थाको चुलाचुली सेवा कार्यालयमा हालसम्म २ सय १६ जना शेयर सदस्य रहेको बताइएको छ ।


कावाश्वती नपाका सहकारीकर्मीहरू द्वारा मेची सहकारीकाे अवलाेकन

21 june

दमक/ कावाश्वती न.पाका उपप्रमुख प्रेमशंकर मर्दीनीया थारुको नेतृत्वमा ३१ वटा सहकारीहरुले मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड दमकको अवलोकन भ्रमण गरेका छन् ।

नवलपराशी जिल्लाका ३१ वटा सहकारीमा आवद्ध ७० जनाभन्दा बढी सहकारीकर्मीहरुले सहकारीको मुख्य कार्यालयको अवलोकन गरेका हुन् ।

अवलोकनका क्रममा उपस्थित सहकारीकर्मी महानुभावहरुलाई सहकारी सफलताका आधारहरु, सहकारीमा बचतको महत्व र संरक्षित पूँजी वितरणको माध्यमबाट सदस्यहरुलाई सहकारीप्रति गर्न सकिने आकर्षण र मेची बहुउद्देश्यीय सहकारी संस्थाको सफलताका आधारहरुका बिषयमा सहभागीहरुलाई संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी गराउनुभएको थियो ।

साथै सहकारीमा योजनाको महत्व, सञ्चालकको भूमिका र सदस्य र सञ्चालकले संस्थामा गर्नुपर्ने अल्पकालीन र दीर्घकालीन योजनाका बिषयमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सहजीकरण गर्नुभएको थियो ।

सो कार्यक्रममा संस्थाका सहव्यवस्थापक, कर्जा विभागीय प्रमुख र चुलाचुली सेवा कार्यालय प्रमुखको समेत उपस्थिति रहेको थियो ।


चुलाचुलीमा सदस्य शिक्षा कार्यक्रम हुँदै – Mechicoop

21 june

इलाम/ मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडकाे सेवा कार्यालय चुलाचुलीमा सदस्य शिक्षा कार्यक्रमकाे अायाेजना गरिने भएकाे छ । 

चुलाचुलीस्थित पाथीभरा सहकारीकाे सभाहलमा यही पुस ३ गते  सदस्य शिक्षा कार्यक्रम हुने भएकाे हाे । 

कार्यक्रममा चुलाचुली सेवा कार्यालय अन्तर्गतका सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाइ निमन्त्रणा गरिएकाे छ । 

चुलाचुली सेवा कार्यालय अन्तर्गत  २ सय १५ शेयर सदस्य रहनुभएकाे छ । 

 


तीन दिवसीय कर्मचारी तालिम सम्पन्न

21 june

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३ दिवसीय कर्मचारी तालिम सोमबार सम्पन्न गरेको छ ।

कर्मचारीहरुलाई बिषयगत रुपमा छुट्टाछुट्टै तालिम प्रदान गर्न गत मंसिर २४ गतेबाट सुरु भएको कार्यक्रममा संस्थामा कार्यरत बजारप्रतिनिधि, बजार प्रवन्धक तथा सेवा कार्यालय प्रमुखहरुलाई छुट्टाछुट्टै बिषयको तालिम सञ्चालन गरिएको हो ।

तालिममा संस्थाबाट सञ्चालित विविध सेवा तथा कारोबारहरुलाई चुस्त, दुरुस्त राख्न कर्मचारीहरुले नीति, विधि र प्रविधिको प्रयोगबाट कसरी कार्य सम्पादन गर्ने र आगामी दिनको कार्ययोजनाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यालययीय कार्यसम्पादनका क्रममा देखिएका कमीकमजोरी तथा आन्तरिक लेखा परीक्षकले दिएको सुझावका बिषयमा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई जानकारी गराउँदै त्यसलाई कसरी सुधार गर्ने भन्ने बिषयमा संस्थाका सह–व्यवस्थापक चन्द्रप्रसाद थापाले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै संस्थाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद अधिकारीले संस्थामा सञ्चालित सफ्ट्वेयरमा अभिलेखीकरण गर्ने विधि तथा कार्यसम्पादनका क्रममा देखा परेका प्राविधिक समस्याहरुका बिषयमा चर्चा गर्नुभएको थियो ।

संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले कर्जा लगानीका क्रममा तयार गरिने कागजातहरुको व्यवस्थापन, अभिलेख, कर्जा लगानी पूर्व, कर्जा लगानी गर्दा र कर्जा लगानी पछि ध्यान पु¥याउनुपर्ने कुराहरुका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको सो कार्यक्रम अवधिभर कार्यक्रमको टिप्पणीकर्ताका रुपमा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले कार्यक्रममा उठेका विविध बिषयहरुको टिप्पणी गरी तिनका बिषयमा छलफल गर्नुभएको थियो । त्यस्तै संस्थाका सञ्चालक सदस्य नरपति पाण्डेले कार्यक्रममा कर्मचारीहरुले जाहेर गरेका प्रतिबद्धताहरुलाई बुँदागत रुपमा पत्र तयार गरी कर्मचारीहरुलाई प्रतिबद्धता गराउनुभएको थियो ।

दमक/ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३ दिवसीय कर्मचारी तालिम सोमबार सम्पन्न गरेको छ ।

कर्मचारीहरुलाई बिषयगत रुपमा छुट्टाछुट्टै तालिम प्रदान गर्न गत मंसिर २४ गतेबाट सुरु भएको कार्यक्रममा संस्थामा कार्यरत बजारप्रतिनिधि, बजार प्रवन्धक तथा सेवा कार्यालय प्रमुखहरुलाई छुट्टाछुट्टै बिषयको तालिम सञ्चालन गरिएको हो ।

तालिममा संस्थाबाट सञ्चालित विविध सेवा तथा कारोबारहरुलाई चुस्त, दुरुस्त राख्न कर्मचारीहरुले नीति, विधि र प्रविधिको प्रयोगबाट कसरी कार्य सम्पादन गर्ने र आगामी दिनको कार्ययोजनाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै कार्यालययीय कार्यसम्पादनका क्रममा देखिएका कमीकमजोरी तथा आन्तरिक लेखा परीक्षकले दिएको सुझावका बिषयमा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई जानकारी गराउँदै त्यसलाई कसरी सुधार गर्ने भन्ने बिषयमा संस्थाका सह–व्यवस्थापक चन्द्रप्रसाद थापाले सहजीकरण गर्नुभएको थियो ।

त्यस्तै संस्थाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद अधिकारीले संस्थामा सञ्चालित सफ्ट्वेयरमा अभिलेखीकरण गर्ने विधि तथा कार्यसम्पादनका क्रममा देखा परेका प्राविधिक समस्याहरुका बिषयमा चर्चा गर्नुभएको थियो ।

संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले कर्जा लगानीका क्रममा तयार गरिने कागजातहरुको व्यवस्थापन, अभिलेख, कर्जा लगानी पूर्व, कर्जा लगानी गर्दा र कर्जा लगानी पछि ध्यान पु¥याउनुपर्ने कुराहरुका बिषयमा सहजीकरण गर्नुभएको थियो ।

तीन दिनसम्म चलेको सो कार्यक्रम अवधिभर कार्यक्रमको टिप्पणीकर्ताका रुपमा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले कार्यक्रममा उठेका विविध बिषयहरुको टिप्पणी गरी तिनका बिषयमा छलफल गर्नुभएको थियो । त्यस्तै संस्थाका सञ्चालक सदस्य नरपति पाण्डेले कार्यक्रममा कर्मचारीहरुले जाहेर गरेका प्रतिबद्धताहरुलाई बुँदागत रुपमा पत्र तयार गरी कर्मचारीहरुलाई प्रतिबद्धता गराउनुभएको थियो ।

मेची सहकारीको ३ दिवसीय कर्मचारी तालिम सम्पन्न
दमक÷ झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाले ३ दिवसीय कर्मचारी तालिम सोमबार सम्पन्न गरेको छ ।
कर्मचारीहरुलाई बिषयगत रुपमा छुट्टाछुट्टै तालिम प्रदान गर्न गत मंसिर २४ गतेबाट सुरु भएको कार्यक्रममा संस्थामा कार्यरत बजारप्रतिनिधि, बजार प्रवन्धक तथा सेवा कार्यालय प्रमुखहरुलाई छुट्टाछुट्टै बिषयको तालिम सञ्चालन गरिएको हो ।
तालिममा संस्थाबाट सञ्चालित विविध सेवा तथा कारोबारहरुलाई चुस्त, दुरुस्त राख्न कर्मचारीहरुले नीति, विधि र प्रविधिको प्रयोगबाट कसरी कार्य सम्पादन गर्ने र आगामी दिनको कार्ययोजनाका बारेमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै कार्यालययीय कार्यसम्पादनका क्रममा देखिएका कमीकमजोरी तथा आन्तरिक लेखा परीक्षकले दिएको सुझावका बिषयमा संस्थामा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई जानकारी गराउँदै त्यसलाई कसरी सुधार गर्ने भन्ने बिषयमा संस्थाका सह–व्यवस्थापक चन्द्रप्रसाद थापाले सहजीकरण गर्नुभएको थियो ।
त्यस्तै संस्थाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद अधिकारीले संस्थामा सञ्चालित सफ्ट्वेयरमा अभिलेखीकरण गर्ने विधि तथा कार्यसम्पादनका क्रममा देखा परेका प्राविधिक समस्याहरुका बिषयमा चर्चा गर्नुभएको थियो ।
संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले कर्जा लगानीका क्रममा तयार गरिने कागजातहरुको व्यवस्थापन, अभिलेख, कर्जा लगानी पूर्व, कर्जा लगानी गर्दा र कर्जा लगानी पछि ध्यान पु¥याउनुपर्ने कुराहरुका बिषयमा सहजीकरण गर्नुभएको थियो ।
तीन दिनसम्म चलेको सो कार्यक्रम अवधिभर कार्यक्रमको टिप्पणीकर्ताका रुपमा संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले कार्यक्रममा उठेका विविध बिषयहरुको टिप्पणी गरी तिनका बिषयमा छलफल गर्नुभएको थियो । त्यस्तै संस्थाका सञ्चालक सदस्य नरपति पाण्डेले कार्यक्रममा कर्मचारीहरुले जाहेर गरेका प्रतिबद्धताहरुलाई बुँदागत रुपमा पत्र तयार गरी कर्मचारीहरुलाई प्रतिबद्धता गराउनुभएको थियो ।

संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको सभापतित्व संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले गर्नुभएको थियो ।


मेची बहुउद्देश्यीय सहकारी संस्थाकाे २०७८ काे वार्षिक प्रतिवेदन सार्वजनिक

21 june

 

दमक/  झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षभरी रजत जयन्ति मनाउँने भएको छ ।
२०५४ साल भाद्र १२ गते स्थापना भएको संस्थाले यही भदौ १२ गते २५ औं वर्ष पुगेको उपलक्ष्यमा यो वर्षभरी नै विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ति मनाउने भएको हो ।

संस्थाले आफ्नो परम्परा अनुसार नै हरेक वर्ष साउन २८ गते संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएकोमा यो वर्ष आफ्नो २५ औं वार्षिकोत्सव तथा २७ औं साधारण सभाको वार्षिक प्रतिवेदन बिहीबार पथरीशनिश्चरे सेवा कार्यालयबाट सार्वजनिक गरेको छ ।

आ.व. ०७७/०७८ को वार्षिक आयव्यय तथा प्रगति विवरण तथा आ.व. ०७८/ ०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सहित संस्थाको बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ ।

आ.व. ०७७/०८८ मा संस्थाको कूल शेयर पूँजी ३१ करोड १४ लाख पुगेको छ भने निक्षेप तथा वचत १ अर्ब ९३ करोड पुगेको छ ।

संस्थाको आ.व. २०७७/०७८ को नाफा कूल ९ करोडको हाराहारी छ भने कूल वासलात २ अर्ब ९६ करोड रहेको छ संस्थाका सूचना अधिकारी तथा सहव्यवस्थापक चन्द्रप्रसाद थापाले बताउनुभयो ।

संस्थाले हालसम्म तीन वटा सहकारीहरुसँग एकीकरण गरेको छ । दमक–७ स्थित जल्पादेवी बचत तथा ऋण सहकारी संस्था, उर्लाबारीस्थित जलउपभोक्ता कृषि सहकारी संस्था र यस वर्ष मात्र बिर्तामोडस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको छ । यो वर्ष ५ हजार शेयर सदस्य संख्या थप भइ ९ हजार ४ सय ८० पुगेको छ ।

संस्थाले प्रत्येक वर्षको बार्षिक साधारण सभा भन्दा न्युनतम १५ दिन अगाडी आफ्ना सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरी उक्त प्रतिवेदन अध्ययन गरि आफूलाई लागेका जिज्ञासा सुझावहरु संस्थामा पेश गर्ने गरिको विधि अपनाईएको छ संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनुभयो ।

संस्थाको हाल सम्म १० वटा सेवा कार्यालयबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ आफ्ना सदस्यहरुलाई सहकारी संस्थाको माध्यमबाट सहकारी मूल्य मान्यता भित्र रहेर गुणस्तरिय सेवा प्रदान गर्नु संस्थाको मूल उद्देश्य रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले कार्यक्रममा प्रष्ट पार्नुभयो । संस्था बहुउद्देश्यीय प्रकृतिको भएको हुँदा यस सहकारी संस्थाले बचत तथा ऋण मात्र नभई सहकारी को परिधि भित्र रहेर विभिन्न व्यवसायिक क्षेत्रहरुमा समेत कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।

संस्थाले विगतमा २९ वटा शिर्षकहरुमा आफ्ना सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्दै आएकोमा यस वर्ष संस्थाको रजत वर्ष समेत रहेकोमा सदस्य चौरासी सम्मान कार्यक्रम लगायत विगतमा प्रदान गर्दै आएको सेवा सुविधामा थप वृद्धि गरेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा वार्षिक आयव्यय तथा प्रगती विवरणका विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको वार्षिक नीति तथा कार्यक्रमहरुका विषयमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोमनाथ आलीले मेची बहुउद्देश्यीय सहकारीले सहकारीको मूल मर्म, मूल्यमान्यता अनुरुप समाजमा सदस्य केन्द्रित रहेर कार्य गरेको कारणले नै आज मेची यो स्थान सम्म आईपुगेको बताउनुभयो ।

समुदायमा रहेका ससाना पूँजीहरुलाई संकलन गरि सदस्य र समुदायलाई प्राथमिकतामा राखेर सहकारीको निति विधिमा आधारित रहि सदस्य बेसमा सञ्चालित हुनु पनि मेची बहुउद्देश्यीय सहकारीको सफलताको सूचक रहेको बताउनुभयो ।

आगामी दिनहरुमा पनि अझ सेवा कार्यालयहरु विस्तार गरि सहकारीको माध्यमबाट सेवाहरु प्रदान गर्दै जानुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

संस्थाको मोरङ्ग पथरीमा रहेको पथरी शनिश्चरे सेवा कार्यालय व्यवस्थापनको संयोजनमा पथरी शनिश्चरेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम संस्थाका सल्लाहकार संयोजक एवं दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा संस्थाको पथरी सेवा कार्यालय व्यवस्थापन संयोजक रुद्र बहादुर तामाङ्गकाे सभाध्यक्षमा सम्पन्न भएको हो ।


विर्तामोड सेवा केन्द्रका लागी कर्मचारी आवश्यकताको विज्ञापन

21 june


मेची सहकारीको सदस्य शिक्षा तथा अर्धवार्षिक समीक्षा सम्पन्न

21 june
  •  संस्थाद्वारा १ लाख ५० हजार रुपैयाँ शल्यक्रियामा सहयोग
  • मुटुका बिरामी सदस्यलाई १ लाख सहयोग
  • ८० जना सम्मानित, १० जना सदस्यका छोराछोरी पुरस्कृत

दमक/ दमकस्थित मेची सहकारी संस्था लिमिटेडले आफ्नो वार्षिक कार्यक्रम अन्तर्गतको सदस्य शिक्षा तथा अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न गरेको छ ।

गत फागुन १० गतेदेखि १९ गतेसम्म दमकको प्रधान कार्यालय तथा २२ गते उर्लाबारी, २४ गते पथरी र २५ गते मिक्लाजुङमा संस्थाले गरेको कार्यक्रममा ८० ना उत्कृष्ट कारोबार गर्ने सदस्यहरुलाई पुरस्कृत गर्नुका साथै +२ मा उत्तीर्ण गरेका सदस्यका छोराछोरीहरुमध्ये उत्कृष्ट १० जनालाई प्रति व्यक्ति रु १० हजारका दरले पुरस्कृत गरिएको थियो ।

त्यस्तै संस्थाका सदस्य डिलाराम बेलबासे र लोकबिक्रम श्रेष्ठलाई मुटुको अपरेशन गर्न रु ५०/५० हजार संस्थाले सहयोग गरेको छ भने ३० जना सदस्यहरुलाई सल्यक्रिया सहयोग बापत रु ५/५ हजार सहयोग गरेको संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी दिएका छन् ।

कार्यक्रममा व्यवस्थापक बगालेले अर्धवार्षिक समीक्षा र बित्तीय साक्षरतासम्बन्धी सहजीकरण गरेका थिए भने संस्थाका शिक्षा उपसमिति सदस्य रुन्द्रबहादुर तामाङ्गले पारिवारिक बजेट र बचत कसरी गर्ने भन्ने बिषयमा सदस्यहरुलाई प्रशिक्षित गराएका थिए ।

२ अर्ब ६३ करोड बराबरको वासलात रहेको संस्थाले झापाको दमक, कमल तथा मोरङ्गका उर्लाबारी, मिक्लाजुङ र पथरी सेवाकेन्द्रबाट सेवा दिँदै आएको छ ।

संस्थाले यही चैत्रबाट इलामको चुलाचुली र झापाको बिर्तामोडमा समेत आफ्नो सेवा केन्द्र सञ्चालन गर्ने तयारी गरेको समेत व्यवस्थापक बगालेले जानकारी दिएका छन् ।


मेचीको बित्तीय साक्षरता कार्यक्रम सदस्यहरुको उत्साहजनक उपस्थिति

21 june

दमक/ दमकमा प्रधान कार्यालय रही सेवा दिँदै आएको मेची सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम साेमबारदेखि शुरु भएको छ ।

यसअघि प्रत्येक वर्षको माघ १० गतेदेखि सञ्चालन हुँदै आएको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण फागुन १० गतेदेखि २५ गतेसम्म दैनिक बिहान १०ः३० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

शिक्षा तथा सदस्य छनौट उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालको सभापतित्वमा सोमबार,मंगलबार, बुधबार र बिहीबार सञ्चालित कार्यक्रममा पारिवारिक बजेट, बित्तीय साक्षरता र उद्यमशीलता बिषयमा सोही उपसमिति सदस्य रुद्रबहादुर तामाड्ड र संस्थाको अर्धवार्षिक समीक्षा तथा सेवासुविधाको बिषयमा संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए ।

कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सदस्यको जीवनस्तर परिवर्तन र उद्यमशीलता विकासका लागि संस्थाले यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएका छन् ।

चार दिनअघिदेखि सञ्चालित कार्यक्रममा १२५० भन्दा बढी सदस्यहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।

फागुन १० देखि १९ गतेसम्म प्रधान कार्यालय दमकको सभा हलमा भइरहेको छ भने २२ गते उर्लाबारी पार्टी प्यालेस, २४ गते पथरीको गोरखा डिपार्टमेन्टको सभाहलमा र २५ गते मधुमल्ला पार्टी प्यालेसमा कार्यक्रम हुने संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।

संस्थाको शेयर पूँजी २७ करोड ६३ लाख, निक्षेप १ अर्ब ७६ करोड, कर्जा लगानी १ अर्ब ९७ करोड र वासलात २ अबं ५४ करोड रहेको छ भने संस्थामा ७ हजार ५ सय ८७ जना शेयर सदस्य रहेको पनि थापाले जनाएका छन् ।


अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम शुरु

21 june

दमक/ दमकमा प्रधान कार्यालय रही सेवा दिँदै आएको मेची सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम मंगलबारदेखि शुरु भएको छ ।

यसअघि प्रत्येक वर्षको माघ १० गतेदेखि सञ्चालन हुँदै आएको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण फागुन १० गतेदेखि २५ गतेसम्म दैनिक बिहान १०ः३० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

शिक्षा तथा सदस्य छनौट उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालको सभापतित्वमा मंगलबार र बुधबार सञ्चालित उक्त कार्यक्रममा पारिवारिक बजेट, बित्तीय साक्षरता र उद्यमशीलता बिषयमा सोही उपसमिति सदस्य रुद्रबहादुर तामाड्ड र संस्थाको अर्धवार्षिक समीक्षा तथा सेवासुविधाको बिषयमा संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए ।

मंगलबार बुधबारको कार्यक्रम सञ्चालन क्रमश सोही उपसमितिका सदस्य पूजा पोखरेल र शुकदेव लुइटेलले गरेका थिए ।

दुवै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सदस्यको जीवनस्तर परिवर्तन र उद्यमशीलता विकासका लागि संस्थाले यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएका थिए ।

मंगलबार र बुधबारको कार्यक्रममा क्रमशः २१५ र २९८ सदस्यहरुको उपस्थिति रहेको थियो ।

फागुन १० देखि १९ गतेसम्म प्रधान कार्यालय दमकको सभा हलमा, २२ गते उर्लाबारी पार्टी प्यालेस, २४ गते पथरीको गोरखा डिपार्टमेन्टको सभाहलमा र २५ गते मधुमल्ला पार्टी प्यालेसमा कार्यक्रम हुने संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।


21 june

मेची सहकारी, पथरीशनिश्चरे


मेची सहकारीको पथरी सेवा केन्द्र उद्घाटन, सहकारीले राेजगार सृजना गर्नुपर्नेमा जाेड

21 june

मेची सहकारी, पथरीशनिश्चरे

दमक/ मेची सहकारी संस्था लि. पथरीशनिश्चरे सेवा केन्द्रको मंगलबार उद्घाटन गरिएको छ ।
झापाको दमकस्थित प्रधान कार्यालय रहेको मेची सहकारी संस्थाको पाचौ सेवा केन्द्रको ?पमा पथरीशनिश्चरे न.पा.–१ मा सेवा केन्द्र विस्तार गरिएको हो ।

सेवा केन्द्रको उद्घाटन पानसमा बत्ती बालेर र रिबन काटेर कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेलले गरेका थिए ।

कार्यक्रममा पथरीशनिश्चरे नपाका नगर प्रमुख दिलिपकुमार राई, सहकारी संघ प्रदेश १ का अध्यक्ष डिल्लीप्रसाद पोखरेलको विशेष आतिथ्यता रहेको थियो ।

शुभकामना मन्तव्य राख्दै उपाध्यक्ष पोखरेलले सहकारी क्षेत्रबाट रोजगार सृजना गर्नुपर्ने, उत्पादन र उत्पादकत्वमा जोड दिनुपर्ने, बचत तथा ऋण बाहेक अन्य गतिविधिको नेतृत्व पनि सहकारी संस्थाह?ले गर्नसक्ने बताए ।

त्यस्तै विशेष अतिथि पथरीशनिश्चरे नगरप्रमुख राईले सहकारी संस्थाहरूको सर्वाड्ड विकासमा नगरपालिकाले सहयोग गर्ने बताए । साथै सहकारी संस्थाह?को एकीकरण गरी मजबुत बनाउनुपर्नेमा पनि जोड दिएका थिए ।

कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले गर्दै संस्था नीति विधि र प्रविधिमा सञ्चालन भएकाले संस्थामा सदस्यता बन्नका लागि आम पथरीशनिश्चरे नगरबासीमा आह्वान गरेका थिए, कार्यक्रम सञ्चालन संस्थाका सचिव राजेन्द्रप्रसाद दाहालले गरेका थिए भने संस्थाको परिचय तथा बित्तीय अवस्थाका बारेमा संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले जानकारी गराएका थिए ।

सहकारीले झापाको कमल गाउँपालिका, मोरङको मिक्लाजुङ गाउँपालिका र उर्लाबारी नगरपालिकामा आफ्नो सेवा केन्द्र विस्तार गरिसकेको छ ।

त्यस्तै सोही कार्यक्रमबाट पथरी सेवा केन्द्रको व्यवस्थापन समिति समेत गठन गरिएको छ ।
गठित समितिको संयोजकमा ?द्रबहादुर तामाड्ड, सह–संयोजक–लुमा भट्टराई खड्का, सदस्यह? पार्थबहादुर बुढाथोकी, कृष्णप्रसाद भट्टराई, भीम अधिकारी रहेका छन् । त्यस्तै तीन सदस्यीय सेवा केन्द्र कर्जा व्यवस्था उपसमितिको संयोजक कृष्णप्रसाद भट्टराई र सदस्यह? पार्वती भण्डारी बिष्ट, सदस्य सचिव सेवा केन्द्र प्रमुख रहने गरी गठन गरिएको छ ।

सेवा केन्द्रमा हालसम्म १२५ जना शेयर सदस्य बनिसकेको संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिएका छन् ।


शेयर सदस्यहरूले मेची सहकारी संस्थाबाट पाउनुहुने सेवा सुविधाहरू

21 june


विज्ञापन

21 june

मेची सहकारी संस्था लिमिटेड दमक झापाको मिति २०७७ पुस १५ गते प्रकाशित विज्ञापन अनुसार परिक्षा केन्द्र तथा परिक्षा सम्वन्धी सूचना

Examinar Name List Final


मेचीको २४ औ वार्षिकोत्सव तथा २६ औ साधारणसभामा सम्मानीत व्यक्तिहरु

21 june

मेची सहकारी संस्था लिमिटेड दमक झापाको २४ औ वार्षिकोत्सव तथा २६ औ साधारण सभावाट यस संस्थाका कर्मचारीहरु राज कुमार कार्की, मेनुका थाप, देवेन्द्र गौतम र कमला ढकाल आ.व.२०७६.७७ को उत्कृष्ठ कर्मचारीको पुरस्कार वाट पुरस्कृत हुनु भएको छ ।

मेची सहकारी संस्था लिमिटेड दमक झापाको २४ औ वार्षिकोत्सव तथा २६ औ साधारण सभाको सन्दर्भमा राष्ट्रिय सहकारी महासंका वरिष्ठ उपाध्यक्ष तथा संविधान सभा सदस्य ओम देवी मल्ल स्व.गणेश प्रसाद वस्नेत सहकारी अभियान्ता पुरस्कार वाट पुरस्कृत हुन भएको छ ।

मेची सहकारी संस्था लिमिटेड दमक झापाको २४ औ वार्षिकोत्सव तथा २६ औ साधारण सभाको सन्र्दभमा सप्तरङ्गी एफ.एम.का प्रवन्ध निर्दैशक गिरीराज भट्टराई स्व.गणेशप्रसाद वस्नेत सहकारी अभियान्ता पुरस्कार वाट र मेची सहकारी संस्था लि.पत्रकारीता तथा संचार गृह पुरस्कार वाट रुपेन्द्र शेर्मा र साझा मंञ्च प्रा.लि.का गोपाल काफ्ले पुरस्कृत हुनु भएको छ।


२४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभा

21 june

मेची सहकारी संस्थाले आज आफ्नो २४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभाको समापन गरेको छ । बिगतमा बृहत रुपमा कार्यक्रम गरी साधारणसभा गर्ने मेची सहकारीले यस बर्ष कोरोना संक्रमणको महामारीका कारण प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभाको समापन गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ हजार रुपैयाँ पुरस्कार राशीको  स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ नेपालकी बरिष्ठ उपाध्यक्ष तथा संबिधानसभा सदस्य ओमदेवी मल्ललाई र १० हजार रुपैयाँ पुरस्कार राशीको स्व. गणेशप्रसाद बस्नेत स्मृति पत्रकारीता पुरस्कारबाट सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईलाई पुरस्कृत गरिएको सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो ।

नारायणप्रसाद भट्टराई– अध्यक्ष – मेची सहकारी संस्था लि., दमक–६, झापा

  खोमप्रसाद बगाले– व्यवस्थापक – मेची सहकारी संस्था लि., दमक–६, झापा

 त्यसैगरी कार्यक्रममा मेचि सहकारी पत्रकारीता पुरस्कारबाट उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मा र सन्चारगृह अन्तर्गत झापा बिर्तामोडको साझामञ्च अनलाईनलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दमक नगरपालीकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र झापा जिल्ला वचत संघका उपाध्यक्ष तुलाराम न्यौपानेले बोल्नु भएको थियो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा

गत साउन २८ गते सार्वजनिक गरिएको सहकारीको प्रतिवेदन क्षेत्रगत रुपमा सदस्यहरुलाई वितरण गरि सुझाव संकलन गरिएको सहकारीको व्यवस्थापनक खोम बगालेले जानकारी दिनु भयो । सदस्यहरुको सुझावहरु संकलन गरी सञ्चालक समितिले अन्तिम प्रतिवेदन तयार गरी आज साधारणसभाबाट पास गरिएको उहाँले बताउनु भयो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा

कार्यक्रममा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा


कर्जा तथा वचतको व्याजदर परिवर्तन सम्वन्धी सूचना

21 june


२४ औ वार्षिकोत्सव तथा २६ औ साधारण सभाको प्रतिवेदन सार्वजनीक

21 june
 मेची सहकारी संस्थाले करिव ९५ लाख रुपैया राज्यलाई कर वुझाएको छ ।
गत आर्थिक बर्ष २०७६–०७७ मा संस्थाले विभिन्न शिर्षकमा ९४ लाख ५४ हजार ६ सय ५३ रुपैया कर बुझाएको व्यवस्थापक खोम प्रसाद वगालेले वताउनुभयो । सहकारीको २४ औं साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै व्यवस्थापक बगालेले सो जानकारी दिनु भएको हो । कोरोना संक्रमणको जोखिमका कारण यस बर्ष साधारणसभा औपचारीक कार्यक्रम गरेर नहुने र क्षेत्रगत रुपमा सम्पन्न गरिने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरि सहकारीले गत आर्थिक बर्षमा कोरोना राहत कोषमा ४ लाख ३ हजार ३ सय ३३ रुपैया, दैविक विपत्तिमा ८० हजार रुपैयाँ समेत उपलव्ध गराएको , सस्ंथाका साधारण सदस्यलाई दिइदै आएको शल्यकृया खर्चबापतको सहयोग रकम गत आर्थिक बर्ष रु ५००० का दरले ८४ जनालाई प्रदान गरीएको साथै प्राणघातक रोगको उपचारका लागि दिईने आर्थिक सहयोग रु ५०,००० को दरले सात जनालाई प्रदान गरीएको भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी संस्थाले मृत्यु भएका ३ जना शेयर सदस्यहरुको कुल २ लाख २७ हजार १२२ रुपैया कर्जा रकम छुट गरेको संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिनुभयो । २१ करोड ७८ लाख बढि कुल चूक्ता शेयर पुँजी रहेको मेची सहकारीले प्रधान कार्यालय दमक साथै आप्mना शेयर सदस्यहरुको सुविधाका लागि झापाको कमल गाँउपालिका, मोरङको उर्लावारी र मिक्लाजुङ गाँउपालिकास्थित मधुमल्ला वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।

मेची सहकारी संस्थाले मोरङ्गको मिक्लाजुङ्ग स्थित मधुमल्लामा आफ्नो चौथो सेवाकेन्द्रको सोमबार उद्घाटन

21 june

दमकमा प्रधान कार्यालय रहेको मेची सहकारी संस्थाले मोरङ्गको मिक्लाजुङ्ग स्थित मधुमल्लामा आफ्नो चौथो सेवाकेन्द्रको सोमबार उद्घाटन गरेको छ । सेवाकेन्द्रको राष्ट्रीय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष रमेश प्रसाद पोख्रेलले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको हो ।

 

सेवा केन्द्रको उद्घाटन गर्दै कार्यक्रमका प्रमूख अतिथि समेत रहेका पेख्रेलले उत्पादन मूलक क्षेत्रमा लगानी गर्न सहकारीलाई आग्रह गर्नुभयो साथै देशकै उत्कृष्ठ मध्येको एक मेची सहकारीले मधुमल्लामा सेवाकेन्द्रको स्थापना गर्नु सहकारीको मात्र नभई सम्पूर्ण मिक्लाजुङ्ग बासीकै गौरबको विषय भएको बताउनुभयो । कार्यक्रमका बिशेष अतिथि मिक्लाजुङ्ग गाउपालीकाका अध्यक्ष देवि प्रसाद आचार्यले मिक्लाजुङ्ग उर्वर भुमी भएकाले कृषीमा लगानी गर्न सहकारीलाई आग्रह गर्नुभयो ।

साथै सहकारीले सञ्चालन गर्ने सामाजिक कार्यमा गाउपालीकाबाट साथ र सहयोग रहने अध्यक्ष आचार्यले बताउनुभयो । कार्यक्रममा सहकारीका ब्यस्थापक खोम प्रसाद बगालेले सहकारीले प्रदान गर्ने २९ प्रकारका सेवासुबिधाको बारेमा प्रष्ट पार्नुभएको थियो ।

सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रमको सञ्चालन संस्थाका सचिव राजेन्द्र प्रसाद दाहालले गर्नुएको थियो । यसैबिच आज नै सहकारीको ९ सदस्यीय शाखा सञ्चालक उपसमीतीको गठन गरीएको छ । तत्कालीन मधुमल्ला गाविसका अध्यक्ष काशीनाथ पौडैलको अध्यक्षतामा उपसमीती गठन गरीएको सहकारीका सुचना प्रमुख चन्द्र थापाले जानकारी दिनुभयो ।


कर्मचारी आवश्यकता

21 june


कर्जा प्रमुख कपिल प्रसाद आचार्यकाे बिदाई ,उपादान बापत साढे २६ लाख बढि हस्तान्तरण

21 june

मेचि सहकारी संस्थाले संस्थाबाट अनिवार्य अबकास पाउनु भएका कर्मचारी कपीलप्रसाद आचार्यलाई आज बिदाई गरेको छ ।

 

सहकारीका कर्जा बिभाग प्रमुखबाट अवकास पाउनु भएका आचार्यलाई आज एक कार्यक्रम गरी बिदायी गर्नुका साथै उपादान प्रदान गरिएको सहकारीका सुचना अधिक्रित चन्द्र थापाले जानकारी दिनुभयो ।

बिस  २०५४ साल देखी कार्यरत आचार्यले गत बैशाख ११ गतेबाट मेचि सहकारीको कर्मचारीबाट अवकास लिनुभएको थियो ।

उहाँले संस्थामा काम गरेबापद पाउने कर्मचारी कल्याणकोष र सञ्चयकोष बापदको रकम समेत गरेर २६ लाख ७५ हजार ३ सय रूपैयाँ ८६ पैसा नगद समेत आज बिदायी कार्यक्रममा उपलब्ध गराईएको सुचना अधिक्रित थापाले बताउनु भयो ।

कार्यक्रममा अवकास प्राप्त आचार्य सहित उहाँकी धर्म पत्नी पार्वता गुरागाईं आचार्यलाई समेत सम्मान गरिएको थियो ।

मेचि सहकारीका व्यवस्थापक खोमप्रसाद बगालेको अध्यक्षतामा भाएको कार्यक्रममा सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराई, उपाध्यक्ष पदम थापा, लेखा सम्योजक काँशी थपलीया लगयतले आचार्यले संस्थामा काम गर्दा ईमान्दारी पूर्वक काम गरेको भन्दै प्रसंसा गर्नुभयाे साथै उहाँको बाँकी जिवनकाे सफलताको शुभकामना दिनुभएको थियो ।

 

कार्यक्रममा आचार्यले आफु कर्मचारीबाट बिदा भए पनि संस्थाको सदस्यको रूपमा सदैब सेवा गर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

 

कार्यक्रमकाे संचालन महेन्द्र अधिकरीले गर्नुभएकाे थियाे ।


मेचीको आयोजनामा अन्तर मा.वि. हाजीरी जवाफ सम्पन्न

21 june

 मेचि सहकारी संस्थाले आज अन्तर माध्यमिक बिद्यालय स्तरिय हाजिरि जवाफ प्रतियोगिता सम्पन्न गरेको छ । संस्थाको शिक्षा तथा सदस्य छनौट उप समितिको आयोजनामा भएको प्रतियोगितामा झापाको दमक नगरपालीका सहित कमल गाउँपालीका र मोरंगको उर्लाबारी नगरपालीकाका ८ वटा बिद्यालयको सहभागीता रहेको उप समिति सम्योजक लक्ष्मिप्रसाद दाहालले जानकारी दिनुभयो ।

 

 

प्रतियोगितामा दमक २ को हिमालय माध्यमिक बिद्यालय प्रथम, कमल ७ को सरस्वती माध्यमिक बिद्यालय दोस्रो र कमल ५ को मंगलमय माध्यमिक बिद्यालय तेस्रो बन्दै पुरस्कार प्रप्त गरेको मेची सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो ।

 

 

 

 

उप समिति सदस्य रुद्र तामाङले सञ्चालन गर्नु भएको हाजिरिजवाफ प्रतियोगितामा मेचि सहकारीका अध्यक्ष नारायण प्रसाद भट्टराई, ब्यवस्थापक खोम बगाले, जिल्ला सहकारी संघ झापा उपाध्यक्ष गिता कुवँर बस्नेत लगायतको उपस्थिती रहेको थियो ।

 


प्रकृतिले बेसाहारा बनाएकोमा मेची सहकारीको साहारा

21 june

झापा दमकमा मुख्य कार्यालय रहेको मेची सहकारी संस्थाले आफ्ना आगलागी पिढित शेयर सदस्यहरुलाई हिजो राहत बितरण गरेको छ । गत बुधबार साँझ भएको आगलागिमा परी कमल गाउपालिका ५ मङगलबारेका फुकुन ताजपुरिया र पलानु राजबंशीको घर तथा पसल जलेर नस्ट भएकोले तत्काललाई राहत होस भनेर रु ४००००/४०००० रकम सहयोग गरिएको सहकारिका ब्यवस्थपक खोम प्रसाद बगालेले जानकारी दिनुभयो ।

 

 

हिजो सहकारिको टोलिले घटना स्थलमै पुगेरै सो रकम हस्तान्तरण गरेको वहाले जानकारी दिनुभयो । साथै सहकारिले सामुदायिक बिद्यालयमा अध्ययन गर्ने पिढित परिवारका बिद्यार्थिको चालू र आउदो शैक्षिकसत्रको सम्पुर्ण खर्च समेत ब्यहोर्ने सहकारिका सुचना अधिकारी चन्द्र थापाले जानकरी दिनुभयो।

 

 

 

गत बुधबार साझ अचानक आगलागी भइ ताजपुरिया र राजबंशी सहित अन्य दुई परिवारकाे समेत घर तथा पसल जलेर नस्ट हुँदा लाखाैँ मूल्य बराबरकाे क्षति भएकाे थियाे ।

 

 


मेची सहकारी संस्था लिमिटेड दमक झापाको १६ दिवसीय वित्तिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रम समापन

21 june

मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि २५ गतेसम्म संचालीत सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम समापन गरेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

संस्थाको सभाहल र उर्लावारी स्थीत उर्लावरी पार्टी प्यालेसमा भएको सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा जम्मा ३४५० सदस्यहरु सहभागी भएका संस्थाका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।

तालिममा व्यवस्थापक बगालेले वित्तीय साक्षरता र पारिवारिक बजेटका बारेमा सहजीकरण गर्नु र्भको थियो । भने संस्थाको परिचय र वित्तीय अवस्थाका बारेमा सूचना अधिकृत चन्द्रप्रसाद थापाको सहजीकरण गर्ने गरिएको थियो । संस्था अन्तरगत शिक्षा तथा सदस्य छनोट उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सबै दिनका तालिमहरु सञ्चालन गरिएको थियो।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराई तथा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य शुकदेव लुईंटेलले सहजिकरण गर्नु भएको थियो ।

यसैगरी सो तालिममा सहकारिता र व्यावसायिकताका विषयमा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्गले सहजीकरण गर्नु भएको थियो ।

यसैबीच, सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा सदस्य सुनवाई कार्यक्रम गरी संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा अध्यक्ष , व्यवस्थापक लगायत सञ्चालकहरुलाई प्रश्न गर्ने तथा उत्तर लिने प्रक्रियाको पनि थालनी गरिएको थियो । जसअन्तरगत साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, सवाल नेपाल डटकमका सम्पादक बिष्णुप्रसाद पोखरेल र पत्रकार गोपाल झापालीले सुनवाई कार्यक्रमको सहजीकरण गर्नु भएको सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।


मेची सहकारीमा १६ दिवसीय सदस्य शिक्षा तथा वित्तिय साक्षरता तालिम जारी

21 june

 मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि आगामी २५ गतेसम्म सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रम गरिरहेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

संस्थाको सभाहलमा भइरहेको सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा दैनिक २५० जना हाराहारी सदस्यहरु सहभागी भइरहेका संस्थाका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् । संस्थामा हाल ५ हजार ५३१ जना सदस्यहरु रहेका छन् । उनीहरु सबैलाई सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सहभागी गराउने उद्देश्य रहेको व्यवस्थापक खोमप्रसाद बगाले बताउँछन् ।

तालिममा व्यवस्थापक बगालेले वित्तीय साक्षरता र पारिवारिक बजेटका बारेमा सहजीकरण गर्ने गरेका छन् भने संस्थाको परिचय र वित्तीय अवस्थाका बारेमा सूचना अधिकृत चन्द्रप्रसाद थापाको सहजीकरण हुने गरेको छ । संस्था अन्तरगत शिक्षा तथा सदस्य छनोट उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सबै दिनका तालिमहरु सञ्चालन गरिने गरेको जनाइएको छ ।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराईले अवगत गराउने गरेका छन् । सो विषयमा अध्यक्ष भट्टराईलाई शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य शुकदेव लुईंटेलले साथ दिएका छन् ।

यसैगरी सो तालिममा सहकारिता र व्यावसायिकताका विषयमा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्गले सहजीकरण गर्ने गरेका छन् । तामाङले सहकारीको सदस्य बनेर कसरी आफ्नो जीवनस्तर माथि उठाउन सकिन्छ ? कस्तो व्यवसायमा हात हालियो भने सदस्यहरु स्वावलम्बी बन्न सक्छन् ? संस्थाले कस्तो व्यवसायिक परियोजनालाई कर्जा लगानी गर्ने गरेको छ जस्ता विषयमा सहजीकरण गरेको बताइएको छ ।

यसैबीच, सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा सदस्य सुनवाई कार्यक्रम गरी संस्थाले प्रदान गर्ने सेवा तथा सुविधाहरुका बारेमा अध्यक्ष लगायत सञ्चालकहरुलाई प्रश्न गर्ने तथा उत्तर लिने प्रक्रियाको पनि थालनी गरिएको छ । जसअन्तरगत साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, सवाल नेपाल डटकमका सम्पादक बिष्णुप्रसाद पोखरेल र पत्रकार गोपाल झापालीले सुनवाई कार्यक्रमको सहजीकरण गरेका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।


मेची सहकारीको सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा उत्साहजनक उपस्थीती

21 june

 

मेचि सहकारी संस्था लिमिटेड दमकले संस्थाले संचालन गरिरहेको वित्तिय साक्षरता एवं सदस्य शिक्षा कार्यक्रममा संस्थाका सदस्यहरुको उल्लेखनिय सहभागिता भइरहेको जनाएको छ ।

झापाको दमक ६ स्थित प्रधान कार्यालयको सभाहलमा यहि माघ १० गतेदेखि संचालित कार्यक्रममा मंगलबारसम्ममा १२०० भन्दा बढिले सहभागिता जनाएका संस्थाका सूचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो । सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत भइरहेको कार्यक्रम यहि माघ २५ गते सम्म संचालन हुने र २५ गतेको कार्यक्रम भने उर्लाबारी सेवाकेन्द्र अन्तर्गत हुने सूचना अधिकारी थापाले जानकारी दिनुभयो ।

 

सहकारीको शिक्षा तथा सदस्य छनौट उप समितिको संयोजनमा सञ्चालन भइरहेको कार्यक्रमको सहजीकरण सहकारीका अध्यक्ष नारायणप्रसाद भट्टराई,ब्यवस्थापक खोमप्रसाद बगाले,सुचना अधिकारी चन्द्र थापा, शिक्षा तथा सदस्य छनौट उप समिति संयोजक लक्ष्मिप्रसाद दहाल,सदस्यहरु रुद्र तामाङ्ग र सुकदेव लुइटेलले गरीरहनुभएको छ ।

 

 शेयर सदस्यहरुलाई संथाको बर्तमान आर्थिक अवस्थाको साथै सञ्चालन भइरहेका र आगामी योजनाको बारेमा जानकारी गराउने, सहकारी र यसका मुल्य मान्यताको आधारभूत पक्षको जानकारी गराई बचत गर्ने बानीको बिकास गराउने साथै पारीवारीक आर्थीक ब्यवस्थापन कसरी गर्ने भन्ने बिषयमा जानकारी गराउन कार्यक्रमको आयोजना गरीएको ब्यवस्थापक खोमप्रसाद बगालेले बताउनुभयो ।


वितिय साक्षरता तालिम

21 june

मिति २०७६ माघ १० देखी २५ गते सम्म सदस्यको अनिवार्य उपस्थीती…………..