• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

परिचय

मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पूर्वको सुन्दर नगरी दमकमा राष्ट्रिय पहिचान बनाएको स्थापित सहकारी संस्था हो । सहकारीको मुल्य, मान्यता र सिद्धान्तहरूको अक्षरसः पालना गर्दै सहकारी ऐन, नियम संचालक समिति तथा साधारण सभाका निर्णयहरू र प्रस्तावित दशवर्षे व्यावसायिक योजनाका आधारलाई पूर्ण पालना गर्दै समुदायमा आधारित सदस्यमा केन्द्रित संस्था भएकोले यस संस्था आफ्ना सदस्यहरूको आर्थिक, सामाजिक, साँस्कृतिक, नैतिक व्यवसायी आदि क्षेत्रको उत्थानमा क्रमश सफल हुँदै गएको र समुदायको सरोकारको (अभिभावकत्व ग्रहण, वातावरण संरक्षण, दैविक प्रकोप सहयोग, मानवीय सहयोग) आदि बिषयमा कार्य गरेको कुरा संस्थाले पाएको मान– सम्मान सहकारी संरचनाका नीति निर्माणको तहमा बसेका महानुभावहरूले संस्थाको अनुगमन गरिदिनु भएका सुझावहरू, संस्थाले सदस्यहरूलाई उपलब्ध गराएको सेवा सुविधामा सदस्यले जनाएको सन्तुष्टि, सहकारी आन्दोलनका अभियन्ताहरूले दिनुभएका मार्ग निर्देशन तथा सुझावहरूबाट प्रष्ट हुन्छ । सदस्यहरूको संस्थाप्रतिको अटल विश्वास र सहभागिता, सञ्चालक समिति, लेखा समिति, तथा सबै विषयगत उप–समिति, सम्पर्क उप–समितिको निस्वार्थ र जिम्मेवारीपूर्ण व्यवहार, संस्थामा कार्यरत कर्मचारीहरूको अहोरात्रको मेहनत, शुभेच्छुक, शुभचिन्तकहरूको अमुल्य सुझावहरूबाट संस्थाले विभिन्न अवसरमा स्थानीय, क्षेत्रीय, जिल्लास्तरीय र राष्ट्रियस्तरको थुप्रै सम्मान तथा पुरस्कार पाउन सफल हुनु, हाम्रो संस्था आफ्नो सफलताका यी आधारहरूलाई पूँजीको रूपमा सुरक्षित गर्न प्रतिबद्ध छौ ।
सहकारी आन्दोलनका अभिभावक तथा हाम्रो संस्थाका पूर्व अध्यक्ष स्व.गणेशप्रसाद बस्नेतको अगुवाई तथा निवर्तमान अध्यक्ष रोमनाथ ओलीको अध्यक्षतामा र तत्कालीन संचालक समिति सदस्यहरूको संयोजनमा २०५४ साल भाद्र १२ गते आजैको दिनमा दर्ता भई २९ जना सदस्यहरूको रू.१,४५,०००।– सेयर पूँजीबाट पाइला अगाडि बढाएको हाम्रो संस्थाले उमेरको हिसावले २३ औं वर्षमा प्रवेश गर्दा राष्ट्रिय पहिचान बनाउन सफल हुनु, आङ्खना सदस्यहरूको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न सक्ने हुनु, साथै सदस्यलाई उत्कृष्ट सेवा सुविधा उपलब्ध गराउन सक्नुमा संस्थाका पूर्व अध्यक्ष स्व.गणेशप्रसाद बस्नेतको ठूलो योगदान छ । यो योगदानलाई हाम्रो संस्थाले कहिल्यै पनि भुल्ने छैन । यो गरिमामय सभामा संस्थाको तर्फबाट स्व.गणेशप्रसाद बस्नेतलाई उच्च सम्मान गर्न चाहन्छौं ।
हाम्रो संस्था समुदायमा आधारित र विधिसम्मत रूपमा सञ्चालित भएका कारण हाम्रा अगाडि थुप्रै अवसर तथा सम्भावनाहरू छन् । अगाडिका अवसर र सम्भावनाको पूर्णरूपमा सदुपयोग गर्दै मुलुकले अब राजनीतिक स्थायित्व लिइरहेको अवस्थामा पनि कतिपय नीति निर्माताहरूमा देखिएको सहकारी आन्दोलन र सहकारी व्यवसायप्रतिको अस्पस्टता तथा सहकारी संस्थाहरूलाई निजी स्वार्थमा प्रयोग गर्न चाहने प्रवृत्तिले हाल सहकारी आन्दोलनमा देखिएका चुनौती तथा समस्याहरूलाई क्रमश पन्छाउँदै र सामना गर्दै अगाडि जान संस्था सक्षम रहेको छ । हाम्रो संस्था आफ्नो घोषित तपशील अनुसारको परिकल्पना, ध्येय तथा लक्ष्य प्राप्तिका लागि सधैं सचेत हुँदै सम्पूर्ण रूपमा आफ्ना सदस्य र समुदायको हितमा केन्द्रित रहने कुरा विश्वास दिलाउन चाहन्छौं ।