• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

२४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभा

21 june

मेची सहकारी संस्थाले आज आफ्नो २४ औं बार्षिक उत्सव तथा २६ औं साधारणसभाको समापन गरेको छ । बिगतमा बृहत रुपमा कार्यक्रम गरी साधारणसभा गर्ने मेची सहकारीले यस बर्ष कोरोना संक्रमणको महामारीका कारण प्रतिनिधिमुलक रुपमा सदस्यहरुको उपस्थितिमा साधारणसभाको समापन गरेको हो ।

प्रदेशसभा सदस्य अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा २६ हजार रुपैयाँ पुरस्कार राशीको  स्व. गणेशप्रसाद बस्नेत सहकारी अभियन्ता पुरस्कारबाट राष्ट्रिय सहकारी महासंघ नेपालकी बरिष्ठ उपाध्यक्ष तथा संबिधानसभा सदस्य ओमदेवी मल्ललाई र १० हजार रुपैयाँ पुरस्कार राशीको स्व. गणेशप्रसाद बस्नेत स्मृति पत्रकारीता पुरस्कारबाट सप्तरङ्गी एफ.एम.का प्रबन्ध निर्देशक गिरिराज भट्टराईलाई पुरस्कृत गरिएको सहकारीका सुचना अधिकारी चन्द्र थापाले जानकारी दिनुभयो ।

नारायणप्रसाद भट्टराई– अध्यक्ष – मेची सहकारी संस्था लि., दमक–६, झापा

  खोमप्रसाद बगाले– व्यवस्थापक – मेची सहकारी संस्था लि., दमक–६, झापा

 त्यसैगरी कार्यक्रममा मेचि सहकारी पत्रकारीता पुरस्कारबाट उर्लाबारीका पत्रकार रुपेन्द्र शेर्मा र सन्चारगृह अन्तर्गत झापा बिर्तामोडको साझामञ्च अनलाईनलाई पुरस्कृत गरिएको थियो ।
कार्यक्रममा दमक नगरपालीकाका प्रमुख रोमनाथ ओली, झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल र झापा जिल्ला वचत संघका उपाध्यक्ष तुलाराम न्यौपानेले बोल्नु भएको थियो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा

गत साउन २८ गते सार्वजनिक गरिएको सहकारीको प्रतिवेदन क्षेत्रगत रुपमा सदस्यहरुलाई वितरण गरि सुझाव संकलन गरिएको सहकारीको व्यवस्थापनक खोम बगालेले जानकारी दिनु भयो । सदस्यहरुको सुझावहरु संकलन गरी सञ्चालक समितिले अन्तिम प्रतिवेदन तयार गरी आज साधारणसभाबाट पास गरिएको उहाँले बताउनु भयो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा

कार्यक्रममा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

मेची सहकारी संस्था लिमिटेडको २४ औं वार्षिकोत्सव तथा २६ औ साधारणसभा