• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची सहकारी संस्था लिमिटेड दमक झापाको १६ दिवसीय वित्तिय साक्षरता तथा सदस्य शिक्षा कार्यक्रम समापन

21 june

मेची सहकारी संस्था लिमिटेड दमकले आफ्नो वार्षिक कार्यतालिका अनुसार गत माघ १० गतेदेखि २५ गतेसम्म संचालीत सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रम समापन गरेको छ । यसैवर्ष मेची सहकारीसँग एकीकरण गरिएका दमकको जालपादेवी साकोस र उर्लाबारीको जलउपभोक्ता सहकारी संस्थाका सदस्यहरु समेतलाई सहकारिता बुझाउन १६ दिने सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

संस्थाको सभाहल र उर्लावारी स्थीत उर्लावरी पार्टी प्यालेसमा भएको सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा जम्मा ३४५० सदस्यहरु सहभागी भएका संस्थाका सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।

तालिममा व्यवस्थापक बगालेले वित्तीय साक्षरता र पारिवारिक बजेटका बारेमा सहजीकरण गर्नु र्भको थियो । भने संस्थाको परिचय र वित्तीय अवस्थाका बारेमा सूचना अधिकृत चन्द्रप्रसाद थापाको सहजीकरण गर्ने गरिएको थियो । संस्था अन्तरगत शिक्षा तथा सदस्य छनोट उपसमितिका संयोजक लक्ष्मीप्रसाद दाहालको अध्यक्षतामा सबै दिनका तालिमहरु सञ्चालन गरिएको थियो।

सदस्य शिक्षा तथा अन्तरक्रिया कार्यक्रममा संस्थाले आफ्ना सदस्यहरुलाई प्रदान गरिरहेको सेवा तथा सुविधाका बारेमा अध्यक्ष नारायणप्रसाद भट्टराई तथा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य शुकदेव लुईंटेलले सहजिकरण गर्नु भएको थियो ।

यसैगरी सो तालिममा सहकारिता र व्यावसायिकताका विषयमा शिक्षा तथा सदस्य छनोट उपसमितिका सदस्य रुद्रबहादुर तामाङ्गले सहजीकरण गर्नु भएको थियो ।

यसैबीच, सदस्य शिक्षा तथा वित्तिय साक्षरता कार्यक्रममा सदस्य सुनवाई कार्यक्रम गरी संस्थाले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा अध्यक्ष , व्यवस्थापक लगायत सञ्चालकहरुलाई प्रश्न गर्ने तथा उत्तर लिने प्रक्रियाको पनि थालनी गरिएको थियो । जसअन्तरगत साझामञ्च डटकमका सम्पादक गोपाल काफ्ले, सवाल नेपाल डटकमका सम्पादक बिष्णुप्रसाद पोखरेल र पत्रकार गोपाल झापालीले सुनवाई कार्यक्रमको सहजीकरण गर्नु भएको सूचना अधिकृत चन्द्रप्रसाद थापाले जनाएका छन् ।