• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

२४ औ वार्षिकोत्सव तथा २६ औ साधारण सभाको प्रतिवेदन सार्वजनीक

21 june
 मेची सहकारी संस्थाले करिव ९५ लाख रुपैया राज्यलाई कर वुझाएको छ ।
गत आर्थिक बर्ष २०७६–०७७ मा संस्थाले विभिन्न शिर्षकमा ९४ लाख ५४ हजार ६ सय ५३ रुपैया कर बुझाएको व्यवस्थापक खोम प्रसाद वगालेले वताउनुभयो । सहकारीको २४ औं साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन आज पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्दै व्यवस्थापक बगालेले सो जानकारी दिनु भएको हो । कोरोना संक्रमणको जोखिमका कारण यस बर्ष साधारणसभा औपचारीक कार्यक्रम गरेर नहुने र क्षेत्रगत रुपमा सम्पन्न गरिने उहाँले बताउनु भयो । पत्रकार सम्मेलनमा संस्थाले गत बर्ष ६ करोड ५३ लाख ९२ हजार ५ सय १७ रुपैया मुनाफा गर्न सफल भएको र चालु वर्षमा ९ करोड १ लाख ९४ हजार ४१ रुपैया मुनाफा कमाउने लक्ष्य राखेको अध्यक्ष नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।
यसैगरि सहकारीले गत आर्थिक बर्षमा कोरोना राहत कोषमा ४ लाख ३ हजार ३ सय ३३ रुपैया, दैविक विपत्तिमा ८० हजार रुपैयाँ समेत उपलव्ध गराएको , सस्ंथाका साधारण सदस्यलाई दिइदै आएको शल्यकृया खर्चबापतको सहयोग रकम गत आर्थिक बर्ष रु ५००० का दरले ८४ जनालाई प्रदान गरीएको साथै प्राणघातक रोगको उपचारका लागि दिईने आर्थिक सहयोग रु ५०,००० को दरले सात जनालाई प्रदान गरीएको भट्टराईले जानकारी दिनुभयो ।
यसैगरी संस्थाले मृत्यु भएका ३ जना शेयर सदस्यहरुको कुल २ लाख २७ हजार १२२ रुपैया कर्जा रकम छुट गरेको संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिनुभयो । २१ करोड ७८ लाख बढि कुल चूक्ता शेयर पुँजी रहेको मेची सहकारीले प्रधान कार्यालय दमक साथै आप्mना शेयर सदस्यहरुको सुविधाका लागि झापाको कमल गाँउपालिका, मोरङको उर्लावारी र मिक्लाजुङ गाँउपालिकास्थित मधुमल्ला वजारमा सेवा केन्द्र सञ्चालनमा ल्याएको छ ।