• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची सहकारीका सदस्यले १६ प्रकारका अर्ग्यानिक सब्जी फलाएर बिक्री गर्दै

21 june

झापाको दमक–१ स्थित मेची बहुउद्देश्यीय सहकारी संस्थाका १८२ नम्बरका सदस्य भरत निरौलाले १६ प्रकारका सागसब्जीहरु फलाएर ठेलामा बिक्री गर्ने गरेको बताएका छन् ।

करिब १५ कठ्ठा क्षेत्रफलमा बास खरिद गरेर टनेल बनाई मूला, खोर्सानी, काँक्रा, घिरौला, रुख बोर्डि, चाइनिज साग, बन्दा कोबी, फूल कोबी, लौका, रातो–सेतो मूला, सरगम, आलु, तोरी, रायो, टमाटर, क्यारिसकम खोर्सानी, चोकोपनलगायतका सब्जीहरु फलाएर खुद्रा तथा होलसोल बिक्री गर्ने गरेका हुन् ।

वर्षौअघि दमक नगरपालिकाले प्रदान गरेको तालिममा सहभागी भएर आफ्नै पौरखले सब्जी खेती गर्दै आएका निरौला यतिबेला आफैं पनि कृषि तालिम दिने गरेका छन् । उनले लगाएको सब्जी खेती हेर्न टाँढा टाँढाबाट पनि कृषकहरु आउने गरेको उनी बताउँछन् ।

वर्षेनी करिब १ लाखको लागतमा विविध जातका तरकारीको खेती लगाउने गरेका निरौलाले कहिले त सब्जीको बजार पाउन पनि मुस्किल हुने गरेको बताउँछन् ।