• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची सहकारीकाे काेषहरूमा मात्र साढे २६ कराेड रकम, यो वर्ष थप भयाे ३ वटा प्रत्यक्ष सुविधा

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लि. ले सदस्यलाई दिँदै आएको सेवा सुविधामा यो वर्ष पनि प्रत्यक्ष लाभान्वित हुने तीन वटा सुविधा थप गरेको छ ।
प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संस्थाले सदस्यहरुलाई प्रदान गर्दै आएको ३२ वटा सुविधामा यो वर्ष दुई वटा थप गरी ३४ वटा पु¥याएको हो ।

थप गरिएका सुविधाहरुमा यस अघि सदस्य र सदस्यको श्रीमान् वा श्रीमतीको स्वर्गारोहण हुँदा मात्र दिँदै आएको काजकिरिया खर्च यसपटकबाट सदस्यका जन्म दिने बुवा र आमाको स्वर्गारोहण हुँदा समेत काजकिरिया खर्च रु ५००० प्रदान गर्ने गरी सुविधा थप गरेको छ ।

संस्थाले कर्जा लिएका सदस्यको मृत्यु भएमा रु १ लाख कर्जा छुट दिँदै आएकोमा यस वर्ष रु ५० हजार थप गरी रु १ लाख ५० हजार छुट दिने जनाएको छ । यसअघि सदस्यको छोरी जन्मिदा मात्र रु १००० को शेयर प्रदान गर्दै आएको संस्थाले यस वर्षबाट छोरा वा छोरी जन्मिए रु १००० को शेयर प्रदान गर्ने जनाएको छ ।

यस्तै संस्थाको आर्थिक कारोबार र सेवा क्षेत्रलाई थप फराकिलो बनाउँदै लगिको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले जानकारी दिनुभयो । कोरोना महामारीका कारण बजारमा उत्पन्न असहज परिस्थिति, मुलुकमा रहेको आर्थिक तरलता अभावका कारण व्यवसायिक कारोबारमा आएको कमीका बाबजुद संस्थाले गत आर्थिक बर्ष २०७८÷०७९ मा लिइएका सबै लक्ष्य भेटाउन सफल भएको हो ।

संस्थामा गत असार मसान्तसम्ममा सदस्यता लिएका १३ हजार ३ सय १८ सदस्यहरुको शेयर पुँजी ३५ करोड ५५ लाख ७८ हजार ८०० रुपैयाँ पुगेको छ भने संस्थाको जगेडा कोषमा  १४ करोड ७७ लाख ५९ हजार ९०० रुपैयाँ र अन्य कोषहरुमा ११ करोड ६३ लाख ७३ हजार रुपैयाँ  गरी जम्मा काेषमा मात्र २६ कराेड ४१ लाख ३३ हजार ३ सय ६९ रूपैयाँ पुगेकाे छ । 

संस्थाको २८ औं बार्षिक साधारण सभाको सम्मुखमा आज आयोजित पत्रकारहरुसँगको अन्तरक्रियामा गत आर्थिक वर्षमा कुल ११ करोड ९८ लाख २९ हजार रुपैयाँ नाफा कमाउन सफल भएको जनाइएको छ । अन्तरक्रियामा संस्थाले गत आर्थिक वर्षमा करिब साढे तीन अर्ब रुपैयाँ बराबरको कारोबार गर्न सफल भएको जनाउँदै चालू बर्ष २०७९÷ ८० लाई बचत वर्षका रुपमा मनाउने योजना सार्वजनिक गरिएको छ ।

संस्थाको सञ्चार उपसमितिले आयोजना गरेको अन्तरक्रियामा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले संस्थाले अहिले प्रदेश १ का विभिन्न जिल्लामा रहेका १२ वटा सेवा केन्द्र मार्फत् आफ्ना सदस्यहरुसँगको कारोबारलाई निरन्तरता दिइरहेको र छिट्टै पूर्वको प्रमुख शहरका रुपमा रहेको इटहरीमा समेत सेवा केन्द्र सञ्चालनमा ल्याउने तयारी भइरहेको जानकारी दिए । उनले यससँगै संस्थाले सदस्य, कर्मचारी तथा सञ्चालक समिति, उपसमितिसहित समग्र सेवा तथा कारोबारमा लिएका नीतिगत बिषयहरुका बारेमा पनि जानकारी गराएका थिए ।

संस्थाका कार्यकारी प्रमुख खोमप्रसाद बगालेले संस्थाको आगामी वार्षिक साधारण सभामा पेश गरिने प्रतिवेदनको सारसहित संस्थाले लिएको नीति कार्यान्वयनको पक्षका बारेमा प्रष्टयाएका थिए । कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा दमक नगरपालिकाका पूर्व मेयर रोमनाथ ओली, दमक ६ का वडाध्यक्ष टेकबहादुर थापासहित संस्थाका सञ्चालक समिति, उपसमितिका संयोजक तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।