• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची सहकारीकाे अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा अन्तक्र्रिया कार्यक्रम शनिबार सम्पन्न गरिएको छ ।

गौरादह–५ स्थित नमुना पाहुना घरमा आयोजित २ दिवसीय अन्तक्र्रिया कार्यक्रममा संस्थाका १० वटै सेवा कार्यालय प्रमुखहरुले आफ्नो सेवा कार्यालयको समग्र विश्लेषणसहितको कार्य योजना प्रस्तुत गरेका थिए । कार्यक्रममा सेवा कार्यालय प्रमुखहरुले कार्ययोजना प्रस्तुत गरेपश्चात सेवा कार्यालयका संयोजकहरुले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

 

अर्धवार्षिकसम्म आइपुग्दा संस्था निर्धारित लक्ष्य नजिक पुगेकोले अब शतप्रतिशत लक्ष्य हासिल गर्न डटेर लाग्न संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले निर्देशन दिनुभएको छ ।

संस्थाको समग्र कर्जा लगानी तथा विश्लेषणसहितको प्रतिवेदन संस्थाका कर्जा विभाग प्रमुख मेघराज राउतले प्रस्तुत गर्नुभएको थियो भने आम्दानीका शीर्षकहरु र सफ्ट्वेयरमा प्रविष्टि गर्ने तरिकाका बारेमा संस्थाका प्राविधिक प्रमुख महेन्द्रप्रसाद अधिकारीले प्रशिक्षण गराउनुभएको थियो ।

संस्थाको समग्र पल्र्स तथा आयव्ययको विश्लेषण सहितको प्रतिवेदन संस्थाका सह–व्यवस्थापक चन्द्र थापाले प्रस्तुत गर्नुभएको कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

पुस मसान्तसम्म आइपुग्दा संस्थाको शेयर पूँजी रु ३३,४७,४६,४०० रहेको छ । यो अंक अघिल्लो असार मसान्तको भन्दा ७.४९ प्रतिशत बृद्धि हो । अघिल्लो असार मसान्तमा संस्थाको शेयर पूँजी रु ३१,१४,०२,६००।– रहेको थियो । त्यस्तै कर्जा लगानी अघिल्लो असार मसान्तमा रु २,५०,२९,६४,३२८।५८ रहेकोमा पुस मसान्तसम्ममा १०.०८ प्रतिशत बृद्धि भइ रु २,७५,५४,९३,६४८।९२ पुगेको छ । बचततर्फ अघिल्लो असार मसान्तमा १९३०४१७७८०।२८ रहेको मा पुस मसान्तसम्ममा ८.८५ प्रतिशत बृद्धि भई २,१०,१४,०४,५८२।४२ पुगेको छ । सदस्य संख्या पनि अघिल्लो असार मसान्तको तुलनामा १६.३२ प्रतिशत बृद्धि भई ११०२८ जना पुगेको संस्थाका सहव्यवस्थापक थापाले जानकारी दिनुभयो ।

कार्यक्रमका सभाध्यक्ष तथा समग्र कार्यक्रमको टिप्पणीकर्ता राजेन्द्रप्रसाद दाहालले कार्यक्रमको टिप्पणी गर्नुभएको थियो भने सञ्चालक सदस्य नरपति पाण्डे, शुकदेव लुईटेल र सीता कार्कीले प्रतिबद्धता पत्र तयारी तथा संस्थाका वरिष्ठ प्रवन्धक प्रेम पौडेलले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।