• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची बहुउद्देश्यीय सहकारी संस्थाकाे २०७८ काे वार्षिक प्रतिवेदन सार्वजनिक

21 june

 

दमक/  झापाको दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले यो वर्षभरी रजत जयन्ति मनाउँने भएको छ ।
२०५४ साल भाद्र १२ गते स्थापना भएको संस्थाले यही भदौ १२ गते २५ औं वर्ष पुगेको उपलक्ष्यमा यो वर्षभरी नै विविध कार्यक्रमको आयोजना गरी रजत जयन्ति मनाउने भएको हो ।

संस्थाले आफ्नो परम्परा अनुसार नै हरेक वर्ष साउन २८ गते संस्थाको वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै आएकोमा यो वर्ष आफ्नो २५ औं वार्षिकोत्सव तथा २७ औं साधारण सभाको वार्षिक प्रतिवेदन बिहीबार पथरीशनिश्चरे सेवा कार्यालयबाट सार्वजनिक गरेको छ ।

आ.व. ०७७/०७८ को वार्षिक आयव्यय तथा प्रगति विवरण तथा आ.व. ०७८/ ०७९ को प्रस्तावित नीति तथा कार्यक्रम सहित संस्थाको बार्षिक कार्य तालिका सार्वजनिक गरेको छ ।

आ.व. ०७७/०८८ मा संस्थाको कूल शेयर पूँजी ३१ करोड १४ लाख पुगेको छ भने निक्षेप तथा वचत १ अर्ब ९३ करोड पुगेको छ ।

संस्थाको आ.व. २०७७/०७८ को नाफा कूल ९ करोडको हाराहारी छ भने कूल वासलात २ अर्ब ९६ करोड रहेको छ संस्थाका सूचना अधिकारी तथा सहव्यवस्थापक चन्द्रप्रसाद थापाले बताउनुभयो ।

संस्थाले हालसम्म तीन वटा सहकारीहरुसँग एकीकरण गरेको छ । दमक–७ स्थित जल्पादेवी बचत तथा ऋण सहकारी संस्था, उर्लाबारीस्थित जलउपभोक्ता कृषि सहकारी संस्था र यस वर्ष मात्र बिर्तामोडस्थित सुन्दर बचत तथा ऋण सहकारी संस्थासँग एकीकरण गरेको छ । यो वर्ष ५ हजार शेयर सदस्य संख्या थप भइ ९ हजार ४ सय ८० पुगेको छ ।

संस्थाले प्रत्येक वर्षको बार्षिक साधारण सभा भन्दा न्युनतम १५ दिन अगाडी आफ्ना सदस्यहरुलाई वार्षिक प्रतिवेदन वितरण गरी उक्त प्रतिवेदन अध्ययन गरि आफूलाई लागेका जिज्ञासा सुझावहरु संस्थामा पेश गर्ने गरिको विधि अपनाईएको छ संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताउनुभयो ।

संस्थाको हाल सम्म १० वटा सेवा कार्यालयबाट आफ्ना सदस्यहरुलाई सेवा प्रदान गरिरहेको छ आफ्ना सदस्यहरुलाई सहकारी संस्थाको माध्यमबाट सहकारी मूल्य मान्यता भित्र रहेर गुणस्तरिय सेवा प्रदान गर्नु संस्थाको मूल उद्देश्य रहेको संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले कार्यक्रममा प्रष्ट पार्नुभयो । संस्था बहुउद्देश्यीय प्रकृतिको भएको हुँदा यस सहकारी संस्थाले बचत तथा ऋण मात्र नभई सहकारी को परिधि भित्र रहेर विभिन्न व्यवसायिक क्षेत्रहरुमा समेत कार्यहरु गर्दै आईरहेको बताउनुभयो ।

संस्थाले विगतमा २९ वटा शिर्षकहरुमा आफ्ना सदस्यहरुलाई सेवा सुविधा प्रदान गर्दै आएकोमा यस वर्ष संस्थाको रजत वर्ष समेत रहेकोमा सदस्य चौरासी सम्मान कार्यक्रम लगायत विगतमा प्रदान गर्दै आएको सेवा सुविधामा थप वृद्धि गरेको प्रष्ट्याउनुभयो ।

कार्यक्रममा वार्षिक आयव्यय तथा प्रगती विवरणका विषयमा संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले प्रस्तुत गर्नुभएको थियो भने संस्थाको वार्षिक नीति तथा कार्यक्रमहरुका विषयमा संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि रोमनाथ आलीले मेची बहुउद्देश्यीय सहकारीले सहकारीको मूल मर्म, मूल्यमान्यता अनुरुप समाजमा सदस्य केन्द्रित रहेर कार्य गरेको कारणले नै आज मेची यो स्थान सम्म आईपुगेको बताउनुभयो ।

समुदायमा रहेका ससाना पूँजीहरुलाई संकलन गरि सदस्य र समुदायलाई प्राथमिकतामा राखेर सहकारीको निति विधिमा आधारित रहि सदस्य बेसमा सञ्चालित हुनु पनि मेची बहुउद्देश्यीय सहकारीको सफलताको सूचक रहेको बताउनुभयो ।

आगामी दिनहरुमा पनि अझ सेवा कार्यालयहरु विस्तार गरि सहकारीको माध्यमबाट सेवाहरु प्रदान गर्दै जानुपर्नेमा जोड दिँदै सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।

संस्थाको मोरङ्ग पथरीमा रहेको पथरी शनिश्चरे सेवा कार्यालय व्यवस्थापनको संयोजनमा पथरी शनिश्चरेमा उक्त कार्यक्रम आयोजना गरिएको थियो ।

कार्यक्रम संस्थाका सल्लाहकार संयोजक एवं दमक नगरपालिकाका मेयर रोमनाथ ओलीको प्रमुख आतिथ्यतामा संस्थाको पथरी सेवा कार्यालय व्यवस्थापन संयोजक रुद्र बहादुर तामाङ्गकाे सभाध्यक्षमा सम्पन्न भएको हो ।