• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

मेची बहुउद्देश्यद्वारा वातावरण दिवसमा वृक्षारोपण (फाेटाे फिचरसहित)

21 june

दमक/ दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आइतबार ४९ औं वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

संस्थाअन्तर्गतको स्वास्थ्य तथा वातावरण उपसमितिको आयोजनामा दमक–३ स्थित पाथीभरा एग्रो टुरिजम विशिष्टीकृत सहकारी संघको वन क्षेत्रमा १०० वटा बोटविरुवा रोपेर वातावरण दिवस मनाएको हो ।

प्रत्येक वर्ष वातावरण दिवसका दिन बोट विरुवा रोपेर वृक्षारोपण कार्यक्रम मनाउँदै आएकोले यस वर्ष पनि जडिबुटीजन्य बोटविरुवाहरु रोपेर वातावरण दिवस मनाइएकोे संस्थाको स्वास्थ्य तथा वातावरण उपसमितिकी संयोजक मञ्जु फुयाँल अधिकारीले जानकारी दिनुभएको छ ।

वृक्षारोपण कार्यक्रममा प्रमुख अतिथि झापा जिल्ला सहकारी संघका उपाध्यक्ष प्रेम कोइराला, दमक वडा नं. ३ का वडाअध्यक्ष नविन बराल, संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराई, महिला उपाध्यक्ष शान्ता गौतम, लेखा सुपरिवेक्षण समिति संयोजक हरिप्रसाद चापागाई, सञ्चालक सदस्यहरु गणेशबहादुर तामाङ, नरपति पाण्डे, उर्लाबारी सेवा कार्याल व्यवस्थापन उपसमिति संयोजक शुकदेव लुईटेल, स्वास्थ्य तथा वातावरण उपसमितिका सह–संयोजक लक्ष्मीप्रसाद काफ्ले, सदस्यहरु चुडामणि आचार्य, दुर्गा भण्डारी, लालबहादुर धिमाल, युवा तथा खेलकुद उपसमितिका सहसंयोजक दिपेन्द्र ढुंगेल संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगाले, दमक सेवा कार्यालय प्रमुख टीकाकुमारी भट्टराईलगायतको उपस्थिति रहेको थियो ।