• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

चुलाचुलीमा मेचीको सेवा कार्यालय स्थापनाको १ वर्ष

21 june

दमक/ दमकस्थित मुख्य कार्यालय रहेको मेची बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो पाँचौ सेवा कार्यालयका रुपमा सञ्चालन गरेको चुलाचुली सेवा कार्यालय, इलामले एक वर्ष पूरा गरेको छ ।
चुलाचुली गाऊपालिकाको वडा नम्बर ४ स्थित आईतबारे चोकमा गएको २०७७ चैतको १० गतेबाट एउटा सटर भाडामा लिएर कारोबार सुरु गरेको सेवा कार्यालयले हाल चुलाचुली प्रवेश गरेको १ वर्ष पुग्दा नपुग्दै सोही भवनको पहिलो तलामा कार्यालय स्थापना गरी कारोबार सञ्चालन गरिरहेको छ भने कार्यालय स्थापनाको छोटो समयमा नै चुलाचुली सेवा कार्यालय चुलाचुलीबासीको भरोसा र स्थायी कारोबारको केन्द्र बनेको छ ।

सेवा कार्यालय स्थापनाको ६ महिना नपुग्दै २०७८ भदौ ३ गतेसम्म संस्थामा सदस्यता लिनुहुने सदस्यहरुको उल्लेखनीय उपस्थितिका साथ साधारणसभा सम्पन्न भएको छ भने संस्था स्थापना भइ सञ्चालनमा रहेता पनि कोरोनाका कारण उद्घाटन कार्यक्रम गर्न नसकिएकोले मिति २०७८ पुस ३ गते सेवा कार्यालय उद्घाटन र सदस्य शिक्षा कार्यक्रम तथा वित्तीय साक्षरता कार्यक्रम समेत सम्पन्न भएको छ ।

संस्थाले आफ्ना सदस्यहरुलाई ३२ वटा सेवा सुविधाहरुहरु प्रदान गर्दै आएको छ । ती सेवा सुविधा अन्तर्गत चुलाचुली सेवा कार्यालयबाट पनि काजकिरिया खर्च, प्राकृतिक प्रकोप राहत, शल्यक्रिया सुविधा, छात्रावृत्ति पुरस्कार, छोरी बचत सुविधालगायत विभिन्न शीर्षक अन्तर्गतका सुविधाहरु चुलाचुलीका सदस्यहरुले पनि प्राप्त गर्नुभएको चुलाचुली सेवा कार्यालय प्रमुख राजकुमार कार्कीले जानकारी दिनुभयाे ।

संस्थाले ल्याएको महत्वपूर्ण योजना दीर्घकालीन बचत योजना चुलाचुलीमा पनि प्रभावकारी बन्दै गएको छ । यो बचत योजना अन्तर्गत सदस्यहरुले गरिखाने उमेरमा बचत गर्ने र जीवनको उत्तराद्र्धमा त्यसको प्रतिफल सदस्यहरुले लिनसक्ने गरी संस्थाले ल्याएको दीर्घप्रकृतिको बचत योजनाले चुलाचुलीबासीहरुलाई थप आकर्षित गरेको छ ।

सेवा कार्यालय चुलाचुलीको २०७८ चैत १० गतेसम्म आइपुग्दा शेयर पूँजी ३३,२१,०००।–, सदस्य संख्या ३१७ जना, निक्षेप ९६,१६,४८१, कर्जा लगानी रु ३,६२,७१,८७१ गरी १ वर्षमा चुलाचुली सेवा कार्यालयले जम्मा रु ४७५८२२१० को वासलात तयार पार्न सफल भएको छ ।