• Locationदमक नगरपालीका वार्ड नं.६ झापा

  • Phone०२३–५७०७३३

  • Opening HoursSat-Thu: 9:30 AM- 7 PM

अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम शुरु

21 june

दमक/ दमकमा प्रधान कार्यालय रही सेवा दिँदै आएको मेची सहकारी संस्था लिमिटेडको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम मंगलबारदेखि शुरु भएको छ ।

यसअघि प्रत्येक वर्षको माघ १० गतेदेखि सञ्चालन हुँदै आएको अर्धवार्षिक समीक्षा तथा बित्तीय साक्षरता कार्यक्रम यस वर्ष भने कोरोना महामारीका कारण फागुन १० गतेदेखि २५ गतेसम्म दैनिक बिहान १०ः३० देखि २ बजेसम्म सञ्चालन हुनेछ ।

शिक्षा तथा सदस्य छनौट उपसमिति संयोजक लक्ष्मीप्रसाद दाहालको सभापतित्वमा मंगलबार र बुधबार सञ्चालित उक्त कार्यक्रममा पारिवारिक बजेट, बित्तीय साक्षरता र उद्यमशीलता बिषयमा सोही उपसमिति सदस्य रुद्रबहादुर तामाड्ड र संस्थाको अर्धवार्षिक समीक्षा तथा सेवासुविधाको बिषयमा संस्थाका व्यवस्थापक खोमप्रसाद बगालेले सहजीकरण गरेका थिए ।

मंगलबार बुधबारको कार्यक्रम सञ्चालन क्रमश सोही उपसमितिका सदस्य पूजा पोखरेल र शुकदेव लुइटेलले गरेका थिए ।

दुवै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै संस्थाका अध्यक्ष नारायणप्रसाद भट्टराईले सदस्यको जीवनस्तर परिवर्तन र उद्यमशीलता विकासका लागि संस्थाले यो कार्यक्रम निरन्तर सञ्चालन गर्ने बताएका थिए ।

मंगलबार र बुधबारको कार्यक्रममा क्रमशः २१५ र २९८ सदस्यहरुको उपस्थिति रहेको थियो ।

फागुन १० देखि १९ गतेसम्म प्रधान कार्यालय दमकको सभा हलमा, २२ गते उर्लाबारी पार्टी प्यालेस, २४ गते पथरीको गोरखा डिपार्टमेन्टको सभाहलमा र २५ गते मधुमल्ला पार्टी प्यालेसमा कार्यक्रम हुने संस्थाका सूचना अधिकारी चन्द्रप्रसाद थापाले जानकारी दिए ।